‘वर्तमानका बालक, भविष्यका पालक’ - Pahilo Online

‘वर्तमानका बालक, भविष्यका पालक’

writer

पहिलो अनलाइन

कानेपोखरी । शिक्षा सदन मावि, कानेपोखरी ३ मोरङमा अध्ययनरत विद्यार्थीलाई राष्ट्रपति रनिङ शिल्डको तयारीका लागि खेलकुद विकास परिषदका अध्यक्ष एवम् ५ नम्बर वडाका वडा अध्यक्ष चरण गुरुङद्वारा गाउँपालिकाको तर्फबाट भलिबल र नेटजाली हस्तान्तरण गरेका छन् ।

कानेपोखरी ३ स्थित शिक्षा सदन माध्यमिक विद्यालयको बाल क्लबमा आवद्ध कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरु गाउँ कार्यपालिकाको कार्यालयमा विद्यालयको वर्तमान शैक्षिक स्थिति र पठनपाठनका विषयमा छलफल र छोटो अन्तर्कृया पछि अध्यक्ष गुरुङले सो खेल सामग्री हस्तान्तरण गरेका हुन् । राष्ट्रपति रनिङ शिल्डको तयारीमा जुटेका विद्यार्थीहरुलाई गुरुङले एक थान भलिबल र एक थान नेटजाली राष्ट्रपति रनिङ शिल्डको तयारीका गाउँपालिकाको तर्फबाट हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा शिक्षा अधिकृत, लेखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृत सहितको उपस्थिति रहेको थियो । छलफलमा विद्यार्थीहरुले समग्र शैक्षिक स्थितिको सुधारका लागि रचनात्मक र व्यवहारिक सल्लाह, सुझावलाई क्रमशः कार्यान्वयनमा लगिने प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले प्रतिबद्धता जनाएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes