विभिन्न छ प्रस्ताव पारित गर्दै लेटाङ्गको १२औं नगरसभा सम्पन्न - Pahilo Online

विभिन्न छ प्रस्ताव पारित गर्दै लेटाङ्गको १२औं नगरसभा सम्पन्न

writer

डम्बरबहादुर विश्वकर्मा

 

     

लेटाङ्ग । उत्तरी मोरङको एक मात्र नगरपालिका लेटाङ्ग नगरपालिकाको बाह्रौं नगरसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९/८० मा विनियोजित  वजेटको आवधिक प्रगति प्रतिवेदनलाई सर्वसम्मतिले पास गर्दै उक्त नगरसभा सम्पन्न भएको छ ।

आफ्नै सभाहलमा सम्पन्न नगरसभाले विभिन्न छ वटा प्रस्तावहरु सर्वसम्मतबाट पास गर्दै यहि माघ २३ गते सोमबार सम्पन्न गरेको हो । सभाले पास गरेको प्रतावहरुमा नगरको सांगठनिक संरचना निर्माण  सम्बन्धमा , योजना तथा संशोधन प्रस्ताव पारित सम्बन्धमा, झोलुङ्गे पुलको लागि विनियोजित बजेट पारित सम्बन्धमा रहेकाछन् । यसैगरी सभाले पारित गरेको अन्य प्रस्तावहरुमा नगरपालिकाबाट रकमान्तर तथा श्रोतान्तर गरिएका योजना प्रस्ताव अनुमोदन सम्बन्धमा , निर्माणाधीन मदन मार्गमा पर्ने खानेपानी लाईनको बैकल्पिक व्यावस्थापन गर्ने सम्बन्धमा र परामर्स समितिको सिफारिस अनुसार शुल्क मिनाहा तथा असुली सम्बन्धिका प्रस्तावहरु रहेका छन् । उल्लेखित प्रस्तावहरु पारित गराउन सभाध्यक्ष द्वारा  संसदिय प्रक्रियामा प्रयोग गरिँदै आएको हात उठाउने , हुन्छ या हुन्न भन्ने , ताली बजाउने लगायतका सम्पुर्ण प्रक्रिया अपनाईएको थियो ।

निर्धारित समय भन्दा निकै ढिला गरी सुरु गरिएको सभाले हालै दिवङ्गत हुनुभएकी वडा नम्बर चारकी नव निर्वाचित दलित महिला वडा सदस्य स्व.कृष्ण कुमारी विश्वकर्मा ( मुना ) प्रति शोक प्रस्ताव पारित गर्दै एक मिनेट मौनधारण समेत गरेको थियो । मौनधारण लगतै सुरु गरिएको सभाका सभाध्यक्ष नगर प्रमुख भुपेन्द्र लावतीले आवधिक कार्य प्रगति विवरण पेश गर्नुभएको थियो । प्रगति विवरण पेश गर्दै नगर प्रमुख लावतीले आफुहरु निर्वाचित भएर आएको यति छोटो समयमै यतीका काम गरेर प्रगती विवरण पेश गर्न पाउँदा आफुलाई अति खुसी लागेको वताउनु भयो  । तर यो श्रेय भने आफुले मात्र नलिने र यस श्रेयको भागीदार पुर्व नगर सरकारलाई पनि उत्तिकै जाने वताएकाछन् । उनले अबका दिनमा आफुहरु सबै मिलेर निर्वाचनका समयमा जनता समक्ष गरेका वाचाहरु पुरा गर्न लागि पर्नु पर्नेमा जोड दिएका छन् । यसकालागि नव निर्वाचित जनप्रतिनिधिहरु सबैले  पार्टी भन्दा माथि उठेर लाग्न अनुरोध गर्दै त्यसमा आफु प्रतिबद्ध रहेको समेत जनाउनु भयो ।

सभमा मन्तव्य राख्ने क्रममा नगर प्रमुख लावतीले भन्नु भयो -” नगर सुधार्न आएका हामी सबै पहिले आफु  सुधारिनु पर्छ अनि मात्र नगरलाई सुधार्न सकिन्छ । जसरी नगर सफा राख्न सबै भन्दा पहिले हामी जन प्रतिधिहरुले आफ्नो घर सफा राख्नु पर्छ । अनि मात्र हामीले आफ्नो टोल सफा राख्न सकिन्छ । यसरीनै टोल हुँदै वडा गर्दै नगर सफा राख्न सकिन्छ । हो , त्यसरी नै अबका दिनमा नगर विकास गर्ने हो भने सबै भन्दा पहिले हामी जन प्रतिनिधिहरुले आफ्नो विचारमा राजनिती पार्टी भन्दा माथिउठेर जनताको जनचाहानालाई शिरमा राखेर  हिँडे मात्र नगर विकास हुन सक्ने छ” । त्यसैले  एउटा उदाहरण प्रस्तुत गर्नकै लागि भए पनि अब छिट्टै नगरकार्यपालिकाको टोलीले आफ्ना सदस्यहरुको घर-परिसरको सरसफाईदेखि व्यवस्थापनको अनुगमन गर्ने भएको प्रमुख लावतीले जनाउनुभएकोछ  ।

सभामा नगर उपप्रमुख कृष्णकुमारी पोख्रेल निरौलाले आ.व.०७९/८० को संशोधित बजेट तथा कार्यक्रम प्रतिवेन प्रस्तुत गर्नु भएको थियो  । संशोधित बजेट प्रस्तुत गर्दै उपप्रमुख नरौलाले विभिन्न राष्ट्रिय तथा स्थानिय संक्रमण कालिन परिस्थितिका कारणआफुहरुले विनियोजन बजेट पनि संशोधन गर्नु परेको वताउनु भयो । आगामी दिनमा भने यो अवस्था नआउनेमा आफु ढुक्क भएको उपप्रमुख निरौलाले वताउनुभयो । यसकालागि वजेट निर्माण पुर्व नै विचार गर्ने उहाँले वताउनु भयो ।

यसैगरी सभामा नगर प्रमुख लावतीले नगरपालिकाको सांगठनिक संरचना ढाँचा समेत प्रस्तु गर्नु भएको छ । संरचना ढाँचा प्रस्तुत गर्दै उहाँले भन्नुभयो ” यस सांगठनिक ढाँचालाई हु-बहु प्रयोगमा ल्याउन सके आगामी  दिनमा आफुलाई लाग्ने गरेका नगरले वेवास्थ गरेको भन्ने आरोपबाट आफु मुक्त हुनेछु । नत्र त , नगरले यहाँ हेरेन , उहाँ हेरेन, नगरको कारणले हामी एवं हाम्रो उठिबास भै सक्यो भन्ने भनाईले आफु अवाक भैरहेको छु ।  अव भने आफुले केहि ढुक्क महसुस् भएको छ ।” यसैगरी यो सांगठनिक संरचनाले पुर्णता पाए सँगै नगरका  सेवाग्राहिहरुले पाउने सेवामा चुस्तता एवं दुरुस्तता समेत आउने नगर प्रमुखले वताउनु भयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes