प्रेस चौतारीको स्थापना दिवसमा दुई पत्रकार पुरस्कृत - Pahilo Online

प्रेस चौतारीको स्थापना दिवसमा दुई पत्रकार पुरस्कृत

writer

पहिलो अनलाइन

पथरी । प्रेस चौतारी नेपाल मोरङले प्रेस चौतारीको २५ औँ स्थापना दिवसको अवसरमा दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा ब्लाष्ट दैनिकका पथरी संवाददाता तथा निगरानी टाईम्स अनलाइका प्रधान सम्पादक दिनेश सुब्बा लिम्बु र रातो तारा डटकम अनलाइनका सञ्चालक एवं प्रधान सम्पादक तेजेन्द्र भण्डारीलाई पुरस्कृत गरिएको हो ।

दिनेश सुब्बा लिम्बुलाई ११ हजार १ सय रूपैयाँ राशिको कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार र १५ हजार ५ सय राशिको जनार्दन मैनाली पत्रकारिता पुरस्कार तेजेन्द्र भण्डारीलाई प्रदान गरिएको छ । कानेपोखरी ४ का सुब्बा धरानबाट प्रकासित हुँदै आएको ब्लाष्ट टाइम्स दैनिकमा कार्यरत साथै कानेपोखरी गाउँपालिकाबाट प्रकाशित हुर्दै आएको निगरानी टाईम्समा आवद्ध रहेकाछन् ।

त्यसैगरी विराटनगरका भण्डारी विराटनगरकै रातो तारा डटकम अनलाइनका सञ्चालक एवं प्रधान सम्पादक हुन् । दुवै जनालाई प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कृत गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले प्रदेशमा पत्रकारमैत्री कानुन निर्माणमा सरकार प्रतिवद्ध रहेको बताए । प्रदेश सञ्चार प्रतिष्ठानलाई पुनः ब्युँताइने उनको भनाइ छ । ‘हिजोको सरकारले के कारण प्रतिष्ठानलाई खारेज गरेको हो भन्ने कुरा हामीलाई थाहा छ,’ उनले भने, ‘अब कानुन बनाएर सरकारले प्रतिष्ठानलाई अघि बढाउने छ ।’

पत्रकारिता क्षेत्रको विकासका लागि सञ्चार प्रतिष्ठान आवश्यक रहेको मुख्यमन्त्री कार्कीको कथन छ । तत्काल चैँ मन्त्रालयको संख्या नबढाइने स्पष्ट पारेका छन् । प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ । त्यसपछि कार्यबोझका आधारमा १ वा २ वटा मन्त्रालय थपिन सक्छन्,’ उनले भने । ‘प्रदेश निजामति ऐन बन्नु प¥यो । प्रहरी प्रदेश मातहतमा आउनु प¥यो,’ उनले भने, ‘प्रदेशलाई अधिकार सम्पन्न बनाउने कानुनहरु निर्माण हुनु प¥यो । त्यसपछि प्रदेश सरकारको कार्यवोझका आधारमा मन्त्रालयहरु बढ्न सक्छन् ।’ अहिलेको अवस्थामा भने मन्त्रालय थप्न आवश्यक नरहेको कार्कीको भनाइ छ । मुख्यमन्त्री कार्की नेतृत्वको प्रदेश सरकारले यसअघि नै १३ बाट घटाएर मन्त्रालयको संख्या ९ बनाइसकेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes