लोहन्द्रा केराबारी साझेदारी वनमा करोडौं भ्रष्टाचारको आरोपमा महिनौदेखि ताला - Pahilo Online

लोहन्द्रा केराबारी साझेदारी वनमा करोडौं भ्रष्टाचारको आरोपमा महिनौदेखि ताला

writer

मणिराम दाहाल

मणिराम दाहाल

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका १० मा  लोहन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समितिले आर्थिक अनियमितता गरेको भन्दै  स्थानीयले विगत १ महिना अगाडि वन कार्यालयमा लगाएकाे  ताला अझै खुल्न सकेको  छैन् ।    वन समितीकाे  मिलेमतोमा  ३०  करोड भन्दा माथि आर्थिक अनियमितता भएको आरोप लागेको हो ।

उपभोक्ता मित्रसेन योञ्जनले ३० देखि ३५ कराेड  रूपैयाँ संस्थाका अध्यक्ष दीपनारायण खाँ र सदस्य सचिव सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझी लगायतको मिलेमतोमा भ्रष्टाचार भएको आरोप लगाउँदै ताला लगाउँनु परेको बताए । “वन कार्यालयकाे भवन निर्माणमा समेत भष्टचार भएको छ“योञ्जनले भने  “साझेदारी वन भए पनि विधान दर्ता विनै काम भएर वन अहिनकाे निर्देशिका विपरित धेरै मात्रमा सालकाे काठ काटन समेत गरि भष्टचार गरिएको छ ´´। याेज्जनले वन अहिन अन्तर्गत साझेदारी वनकाे रूपमा दर्ता भएर सबै सामु नियम अनुसार हिसाब पारदर्शी रूपमा सार्वजनिक भए पछि मात्र वन कार्यालयकाे ताला खुल्ने जानकारी दिए  । योञ्जन सोही साझेदारी वनमा खाँ सँग अध्यक्ष पदमा पराजित भएका थिए ।

मंसिर १७ गते भएको वनकाे साधारण सभामा पनि पारदर्शिता नभएको, षड्यन्त्रपूर्ण ढङ्गले साधारणसभा गराएर पुरानै अध्यक्षलाई विजयी बनाएको स्थानीय उपभोक्ता गीतामणि दाहालले बताए ।

साझेदारी वनमा व्यापक अनियमिता हुने गरेको तथा  काठ सार्वसाधारण उपभाेक्ताले प्रयाेग गर्न नपाएर कुहिएर तेसै खेर जाने साथै  आफुखुसी बिक्री वितरण भएको  स्थानीय उपभोक्ता घनश्याम श्रेष्ठले बताए ।    लोहन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष दीपनारायण खाँ ले वन व्यवस्थापन समूहको लागि भएको निर्वाचनमा हार स्वीकार गर्न नसकेर वन कार्यलयमा ताला लगाउँने काम भएको  बताए । उहाँले आफु निर्वाचित भएर पनि अहिले सम्म सपथ खान नपाएकाे  गुनासो गरे  ।  “निर्वाचित भएर पनि सपथ ग्रहण गर्न पाएको छैन् , यो कहाँ सम्मको न्याय हो खाँले भने “सपथ खाए आफुले त्यस बारेमा बोल्ने र सत्य तथ्य बाहिर ल्याउने छु ,  आफु अध्यक्ष भएर पनि काम गर्न पाएकाे छैन ´´।

साझेदारी वनका सदस्य सचिव तथा सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझीले  लोहन्द्रा केराबारी साझेदारी वनमा कुनै पनि किसिमकाे भ्रष्टाचार नभएको उल्लेख गरे। उनले साझेदारी वन नियम तथा विधान अनुसार नै अघि बढेर काम भएकाे बताए।

साझेदारी वनमा व्यापक भष्टचार भएको भन्दै स्थानीय उपभोक्ताले अक्तियार दुरूपयाेग अनुशन्धान आयाेग इटहरीमा उजुरी समेत दिएका छन् । अक्तियार दुरूपयाेग अनुशन्धान आयाेग इटहरीका सुचना अधिकृत निराेजकुमार देवले साझेदारी वनमा भएको भष्टचारकाे बारेमा अहिले छानवीन भै रहेको उल्लेख गरे ।

लामाे समय देखि वन कार्यालयमा ताला लाग्दा केही स्थानीय उपभोक्ता अहिले मार्कामा परेका छन् । लोहन्द्रा केराबारी साझेदारी वनमा ३२ हजार घरधुरी संख्या तथा २ लाख ५० हजार भन्दा बढि उपभोक्ता रहेका छन् । यसकाे कार्यक्षेत्र ३२ वडा अन्तर्गत सुन्दरहरैँचा, बेलबारी नगरपालिका  विराटनगर महानगरपालिका  केरावारी ,ग्रामथान , जदाहा , कटहरी गाउँपालिका रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes