जाँते खानेपानी अध्यक्षमा पौेड्याल र लेखा संयोजकमा दाहाल - Pahilo Online

जाँते खानेपानी अध्यक्षमा पौेड्याल र लेखा संयोजकमा दाहाल

writer

डम्बरबहादुर विश्वकर्मा

डम्बरबहादुर विश्वकर्मा               

जाँते । मोरङ्गको लेटाङ्ग ८/९ जाँतेमा संचालित जाँते खानेपानी तथा सरसफाइ मुल उपभोक्ता समितिको अध्यक्षमा दिपक पौड्याल सर्वसम्मत चयन भएकाछन् ।  अध्यक्ष पौड्याल यहि माघ १४ गते सम्पन्न नवौं साधरण सभाबाट सर्वसम्मत चयन भएका हुन् ।

सभाले सर्वसम्मत चयन गरेका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा सन्तोष लिम्बू , सह-सचिवमा विनोद चेम्जोङ, कोषाध्यक्षमा सुभाषकला राई लिम्बू रहेकाछन् । यसैगरी चयन हुने सदस्यहरुमा राजेन्द्र राई , देवीकुमारी राई , शान्ता राई र गीतादेवी विश्वकर्मा रहेकाछन् ।              समितिको एक पद बाहेक सम्पुर्णमा सर्वसम्मत भएको थियो । सचिव पदमा भने सर्व सम्मत हुन नसके पछि आज निर्वाचनबाट छनौट गरिएको थियो । यसरी निर्वाचित हुने सचिवमा दुर्गा प्रसाद पोख्रेल रहेकाछन् । उनले ३७ मत पाई विजयी प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी टेकनाथ निरौलाले ३४ मत मात्र ल्याएका थिए ।

उक्त साधरण सभाले संस्थाको लेखा समितिको संयोजकमा  युवराज दाहाल  सर्वसम्मत चयन गरेको छ । सर्वसम्मत चयन हुने लेखाका अन्य पदाधिकारी मध्ये सदस्य द्वय भुपेन्द्र मास्की मगर र देवी माया अधिकारी रहेकाछन् ।

यसरी निर्वाचनबाट निर्वाचित तथा सर्वसम्मत दुवै पद्धतिबाट चयन सम्पूर्ण पदाधिकारीहरुलाई आजै एक अौपचारिक कार्यक्रमको आयोजना गरी पद तथा गोपनियताको सपथ ग्रहण गरईएकोछ । सपथ ग्रहण लगत्तै सम्पुर्ण पदाधिकारीहरुलाई प्रमाणपत्र समेत प्रदान गरएको निर्वाचन मण्डलका संयोजक इन्द्र मावोहाङ्गले जनाएकाछन् । संयोजक माबोहाङ्गका अनुसार नव गठित समिति अध्यक्षलाई आजनै निवर्तमान अध्यक्ष डिल्ली विश्वकर्मालेआगामि कार्यकालकोलागि बैठक पुस्तिका हस्तान्तरण गर्दै पदभार समेत ग्रहण गराएका छन् । संस्थाका सम्पुर्ण पदाधिकारीहरुको अवधि हालै मात्र तिन वर्षबाट बढाएर चार वर्षको बनाईएको  वताईएको छ ।

कार्यक्रम निर्वाचन मण्डलका संयोजक इन्द्र माबोहाङ्गको अध्यक्षतामा संचालित भएको थियो । उक्त अौपचारिक कार्यक्रममा नवगठित समितिलाई संस्था सन्चालनका लागि सुझाव साथै कार्यकाल  सफलताको शुभकामना समेत प्रदान गरिएको थियो । यसरी सुझाव तथा शुभकामना प्रदान गर्नेहरुमा निवर्तमान एवं पुर्व अध्यक्ष द्वय नन्द प्रसाद खतिवडा  र  डिल्ली विश्वकर्मा रहेकाछन् । कार्यक्रमको अन्त्यमा नवगठित  समितिका अध्यक्ष पौड्यालले समितका तर्फ बाट जाँते वासीलाई सफा र स्वच्छ पानी खुवान समितिका तर्फबाट कुनै कसर बाँकी नराख्ने आसयको प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

हाल लेटाङ्ग ८/९ जाँतेमा संचालित  जाँतेखाने पानी संस्था द्वारा वितरण गरिएको (निजी तथा सार्वजनिक ) जम्मा एक हजार छ सय २१ धारा रहेका छन् । यसै गरी १५ टोल विभाजन गरिएको छ भने संस्थामा प्रतिनिधि मुलक रुपमा हरेक टोलबाट ५/५ जना गरी ७५ जनाले प्रत्यक्षरुपमा सहभागी हुन पाउने छन् ।  यीनै ७५ जनालाई मात्र निर्वाचित हुने र मतदानको अधिकार प्राप्त छ । यद्यपि आगामी दिनमा भने यसलाई संसोधन गरी एक धारा एक मताधिकारहुनु पर्ने विचार प्रष्ट रुपमा उठ्न थालीसकेको जानकारहरु बताउँछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes