‘किसानको अभर वडाको भर’ - Pahilo Online

‘किसानको अभर वडाको भर’

writer

पहिलो अनलाइन

पथरी । ‘विपन्नलाई बीमा, छैन कुनै सीमा’ ‘किसानको अभर वडाको भर’ ‘बाआमाको भत्ता बाआमाकै हातमा’ जस्ता लोकप्रिय कार्यक्रम सहित मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ ले ६ महिनाको प्रगति सार्वजनिक गरेको छ ।
आज (शुक्रबार) वडा कार्यालयमा भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा वडाले फजुल खर्च कटौती गर्दै कार्यालयलाई मितव्ययी, चुस्त सरल सेवा, पारदर्शिता र आपसी एकतामा जोड दिएको जानकारी गराएको छ ।


‘छ महिनाअघि हामी वडा कार्यालय पस्दा विद्युत, होटल लगायतको बिल सँगसँगै आएको थियो’ वडाध्यक्ष न्यौपानेले भने–‘त्यसपछि फजुल खर्च घटाउनु पर्छ भनेर कार्यालयमा मिनरल वाटर र चिया बन्द गरियो ।’ कार्यालयमा मिनरल वाटर र चिया संस्कृतिको अन्त्य गरेपछि वार्षिक ५० हजार जति आर्थिक बोझ कम भएको अध्यक्ष न्यौपानेको भनाइ छ । वडामा जस्तोसुकै भिड भए पनि सेवाग्राहीलाई १ घण्टाभन्दा बढी ढिला नगरी काम गरिदिने नीति बनाएर कार्यान्वयमा ल्याइएको अध्यक्ष न्यौपानेले बताए । विकास निर्माण लगायतको काममा पारदर्शी, कर्मचारी र जनप्रतिनिधिबीच आपसी एकताको वातावरण निर्माण गर्ने उनले बताए ।


कार्यक्रममा शैक्षिक सुधारको प्रयास स्वरुप वडामा रहेका चार वटै विद्यालयका प्रधानाध्यापकहरुलाई डिजिटल हस्ताक्षर फेस स्क्यानर मेसिन प्रदान गरिएको थियो । भागिरथ माविका प्र.अ. जानकी चेम्जोङ, सरस्वती आविका प्र.अ. रामप्रसाद न्यौपाने, जनकल्याण आविका प्र.अ. आनन्द घिमिरेलाई वडाध्यक्ष न्यौपाने, सदस्य कल्पना श्रेष्ठ, नगर शिक्षा विभागका अधिकृत नविन खुलाल बुढाथोकीले फेस स्क्यानर मेसिन प्रदान गरेका थिए । विद्यालयमा शिक्षक, कर्मचारीहरु समयमा आए गएको अनुगमन फेस स्क्यानर मेसिन मार्फत वडा कार्यालयबाटै हुने वडा अध्यक्ष न्यौपाले जानकारी दिए ।

कार्यक्रममा नगरबाट सिलिङ बजेट मार्फत प्राप्त ७३ लाख मध्ये ५० प्रतिशत कार्यान्वयन भइसकेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । बिकास निर्माणको बाँकी रहेको ३० प्रतिशत सम्झौता भएको र २० प्रतिशत मात्र सम्झौताहुन बाँकी रहेको उल्लेख छ । प्रदेश सरकारबाट बिनियोजित बजेटको पनि काम भइरहेको उल्लेख छ । नयाँ समिति आएपछि वडामा ३४ वटा सडक बत्ती जडान, सय जनालाई निःशुल्क स्वास्थ्य वीमा, ८ सय किसानलाई मकैको बिउ, ८ सयलाई घाँसको विऊ, बाली विज्ञान अध्ययनरत दुई जनालाई छात्रवृत्ती वितरण गरिएको उल्लेख छ ।

वडा अध्यक्ष लोकनाथ न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, सदस्यहरु उपेन्द्र कार्की, मिना बिक लगायतले अनुभव सुनाएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes