‘पथरीशनिश्चरेको समग्र विकासका लागि पहल गर्नेछु’– तिम्सिना - Pahilo Online

‘पथरीशनिश्चरेको समग्र विकासका लागि पहल गर्नेछु’– तिम्सिना

writer

पहिलो अनलाइन

पथरी । प्रदेशसभा सदस्य गिता तिम्सिनाले शिक्षकका हक अधिकार स्थापित गर्दै वैज्ञानिक र व्यवहारीक शिक्षा लागु गर्न आफ्नो तर्फबाट प्रदेशसभा मार्फत् नीति निर्माण तहमा भुमिका खेल्ने बताएकी छिन् । नेकपा माओवादी केन्द्र निकट शिक्षकहरुको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन (युएण्टो) पथरीशनिश्चरेको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्ने क्रममा तिम्सिनाले यस्तो बताएकी हुन् ।

उनले पथरीशनिश्चरेको समग्र विकास र जनजीविकाको सवालमा नगरवासीको सल्लाह सुझाव लिएर काम गर्ने समेत बताइन् । ‘त्यसका निमित्त तपाईहरुले मलाई सांगठनिक अरु अन्तरङ्ग छलफल गरेर सल्लाह सुझाव दिन सक्नु हुनेछ’– तिम्सिनाले भनिन् ‘त्यही सुझाव सल्लाहका आधारमा म प्रदेशसभामा नीति निर्माण तहसम्म पु¥याउने छु ।’

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य समेत रहेकी तिम्सिनाले शिक्षक संगठनसँगै पार्टीलाई पनि वृहत्त बनाउन आग्रह गरिन् । पार्टी र संगठन छोडेर जानेहरुलाई संकेत गर्दै उनले भनिन् ‘कतिपय साथीहरु बुझाईमा आफ्नै समस्या भएको कारणले पार्टी संगठन छोेडेर जानुभएको छ भनें कतिपय साथीहरु तपाई हाम्रा स्वभावहरुका कारणले हाम्रा साथीहरु अट्न नसकेको अनुभुति भएको छ । त्यसैले तपाईहरु अलि फराकिलो सोचाई बनाउन म आग्रह गर्दछु ।’ कसैसंगको व्यक्तिगत ‘ईगो’का कारण पार्टी संगठनलाई आघात पुग्ने कुनै किसिमको क्रियाकलाप गतिविधि नगर्न समेत उनले आग्रह गरिन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे नगर अध्यक्ष गोविन्द कटुवालले माओवादी अभियान जनस्तरसम्म पु¥याउन शिक्षकहरुको महत्वपूर्ण उल्लेख्य भूमिका रहेको भन्दै प्रसंसा गरे । अध्यक्ष कटुवालले पार्टीका सकारात्मक सन्देशहरुलाई आफ्ना विद्यार्थी मार्फत् अभिभावक हुँदै जनस्तरसम्म पु¥याउन आग्रह गर्दै शिक्षकका समस्याहरुसंग लड्न पार्टी रहेको बताए । उनले पथरीशनिश्चरे नगरको शिक्षा शाखाले अन्य शिक्षक संगठनका साथीहरुलाई गर्ने व्यवहार र युएण्टोका साथीहरुलाई गर्ने व्यवहारमा तलमाथि भएमा आफुहरु ‘एक्सन’ मा जाने चेतावनी दिए । यस्तै युएण्टोका शिक्षकहरुलाई कतिपय नगर पार्टी र वडा पार्टी कमिटिका साथीहरुले नचिको अवस्था रहेकोले आगामी दिनमा नगर पार्टीले वडा तहसम्म शिक्षकहरुलाई जोड्दै लैजाने बताए ।

सो अवसरमा युएण्टो केन्द्रीय सदस्य भुमिका बुर्जामगरले सर्वहारा वर्गको नेतृत्व गर्ने नेकपा माओवादी पार्टीको नीति र सिद्धान्त मन पराएर त्यसैको छत्रछायाँमा बसी विधि र पद्धतिलाई पछ्याउन सबैलाई आग्रह गरिन् ।

कार्यक्रममा पार्टी केन्द्रीय लेखा सदस्य एवं मोरङ जिल्ला सह–ईञ्चार्ज संविधानसभा सदस्य लालबहादुर सुस्लिङ, प्रदेश सदस्य रञ्जु कटुवाल, प्रेस सेन्टर केन्द्रीय सदस्य मोहन भट्टराई, युएण्टो प्रदेश सदस्य टिका दाहाल, जिल्ला अध्यक्ष शम्भु राजवंशी, पार्टी नगर सह–ईञ्चार्ज बालकुमार मगरको उपस्थिति रहेको थियो । त्यस्तै, अनेमसंघ जिल्ला अध्यक्ष लता न्यौपाने, पार्टी नगर सचिव मान दियालीलगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा नवनिर्वाचित प्रदेशसभा सदस्य तिम्सिना, अवकास प्राप्त शिक्षकद्वय टिका दाहाल, शिव तिम्सिना र शिक्षक सेवा आयोग पास गरी बुद्ध माविमा अध्यापनरत शिक्षक सुवास न्यौपानेलाई बधाई तथा सम्मान गरिएको थियो ।
कार्यक्रम कार्यवाहक अध्यक्ष घनश्याम ढकालको अध्यक्षता र सचिव नरेन्द्र घिसिङको सञ्चालनमा सम्पन्न भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes