युएण्टो पथरीशनिश्चरे नगर अध्यक्षमा घनश्याम - Pahilo Online

युएण्टो पथरीशनिश्चरे नगर अध्यक्षमा घनश्याम

writer

रामकुमारी राई

पथरी । नेकपा माओवादी केन्द्र निकट शिक्षकहरुको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन (युएण्टो) पथरीशनिश्चरे नगर अधिवेशनबाट घनश्याम ढकाल अध्यक्षमा चयन भएका छन् ।

आज (शुक्रबार) नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे नगर पार्टी कार्यालयमा सम्पन्न तेस्रो अधिवेशनले ढकालको अध्यक्षतामा नगर कमिटी चयन गरेको हो । अधिवेशनले नगर कमिटिको वरिष्ठ उपाध्यक्षमा तुलसीप्रसाद भट्टराई, महिला उपाध्यक्षमा रामकुमारी राई, खुल्ला उपाध्यक्षमा ओमबहादुर ढकाल र सचिवमा भुपाल ठटाल चयन भएका छन् । समितिको सह–सचिवमा आनन्द घिमिरे र कोषाध्यक्षमा नारायण तिम्सिनालाई चयन गरिएको युएण्टो नगर ईञ्चार्ज शिवप्रसाद तिम्सिनाले जानकारी दिए ।

यसैगरी, सदस्यहरुमा भीम पौडेल, सरस्वती राई (लिम्बू), दिपकला लामिछाने (ढुंगाना), कमला राईलगायत रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि युएण्टो केन्द्रीय सदस्य भुमिका बुर्जामगर, विशिष्ठ अतिथिहरु नव निर्वाचित प्रदेश सभा सदस्य गिता तिम्सिना, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष गोविन्द कटुवाललगायतले मन्तव्य राखेका थिए । सो अवसरमा नवनिर्वाचित प्रदेशसभा सदस्य तिम्सिना, अवकास प्राप्त शिक्षकद्वय टिका दाहाल, शिव तिम्सिना र शिक्षक सेवा आयोग पास गरी बुद्ध माविमा अध्यापनरत शिक्षक सुवास न्यौपानेलाई बधाई तथा सम्मान गरिएको थियो ।

नगर अधिवेशनको खुल्ला सत्र कार्यवाहक अध्यक्ष घनश्याम ढकालको अध्यक्षता र सचिव नरेन्द्र घिसिङको सञ्चालनमा सम्पन्न भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes