राय सुझाव लिन लेटाङ नगरद्वारा वृहत्त अन्तरक्रिया - Pahilo Online

राय सुझाव लिन लेटाङ नगरद्वारा वृहत्त अन्तरक्रिया

writer

डम्बरबहादुर विश्वकर्मा

लेटाङ्ग मोरङ्गको लेटाङ्ग नगरपालिकाले आफ्नो नगरसभाको पुर्व सन्ध्यामा एक वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त  अन्तरक्रिया कार्यक्रम  नगरपालिकाले आर्थिक वर्ष०७९/८० को वार्षिक कार्यक्रम कार्यन्वयन साथै आवधिक योजना  निर्माण सम्बन्धमा विभिन्न राजनितीक दल , बुद्धिजीवी एवं संघसंस्थाका प्रतिनिधि सँगको राय बुझ्न तथा सुझाव लिनकालागि आयोजना गरिएको हो । कार्यक्रम नगरपालिकाकै आयोजनामा भएको थयो  ।

आफ्नै सभाहल तथा आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न राजनिती दलका प्रतिनिधि , लेटाङ्ग नगर भित्र स्थापित संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी एवं प्रतिनिधि सभाका पुर्व साथै वर्तमान सभासदको समेत सक्रिय उपस्थिति रहेको नगर प्रमुखका स्वकीय सचिव रुपेश खड्काले जनाएकाछन् ।

कार्यक्रमको सुरुमा नगरप्रमुख भुपेन्द्र लावती द्वारा लेटाङ्ग बजार उत्तरमा अवस्थित टुक्रे राष्ट्रिय वनमा निर्माण गरिन लागिएको वहुचर्चित मनोरञ्जन पार्कको अवधारणा पत्रको दृष्य सामाग्री प्रस्तुत गरिएको थियो । अवधारणा पत्र प्रस्तुत गर्दै नगर प्रमुख लावतीले यदि यो परियोजना निर्माण गर्न सके भविष्यमा लेटाङ्ग नगरपालिकाले मासिक दुई लाख सम्मको आम्दानी गर्न सक्ने वताउनु भयो ।

त्यस पश्चात लगत्तै कार्क्रममा नगरका सुचना अधिकारी एवं योजना शाखा प्रमुख भुपेन्द्र खनाले नगरको आवधिक योजनाहरुको अनुमानित प्रगति विवरण एवं  विगत देखिहाल सम्म नगर भित्रका सम्पन्न भैसकेका साथै सम्पन्न हुनेक्रमका आयोजना बारेका विवरण प्रस्तुत गर्नुभएको थियो ।

विवरण प्रस्तुति लगतै कार्यक्रममा उक्त विरणमाथि वृहत अन्तरक्रिया शुरुगरिएको थियो । नगरको सर्वाङ्गिण विकासलाई ध्यानमा राखी तयार पारिएको उक्त विवरण माथि आधारित रहि डेढ दर्जन बढि व्यक्तित्वहरुले आफ्नो विचार एवं सुझाव राख्नुभएको थियो । दुई घण्टा समय छुट्याई सञ्चालन गरिएको उक्त अन्तरक्रिया झण्डै पाँच घण्टा सम्म चलेको थियो । अन्तरक्रियामा विचार एवं सुझाव राख्ने अधिकांश वक्ताहरुले मनोरञ्जन पार्कको अवधारणा अति प्रसंशनिय रहेको भएता पनि कार्यन्वयनमा विवध चनौति रहेको सुझाव दिएका थिए । यसैगरी वक्ताहरुले विचार राख्ने क्रममा वहुचर्चित तमोर चिसाङ्ग डाईभर्सन , स्थानिय पर्यटकीय स्थल राजारानी मन्दिर परिसरमा निर्माण गर्न लागिएको अनतरधार्मिक पर्यटकिय स्थल , निर्माणाधिन योजनाका प्रगति , आवधिक बजेट कार्यनयन सम्बन्धिका सम्भावना र चुनौती , नदि उत्खनन र तटवन्ध , मदन भण्डारी मार्गद्वारा सिर्जीत समस्या लगायतमा आफ्नो विचार र जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा अन्तरक्रियामा उठेका जिज्ञासाहरुलाई पुर्व नगर प्रमुख शंकर राई , वर्तमान संघिय सभासद माननिय डिक बहादुर लिम्बू , निवर्तमान सभासद  घनश्याम खतिवडा एवं नगर प्रमुख लावतीले प्रष्ट पार्ने प्रयास गर्नुभएको थियो ।

यसैगरी मोरङ्ग जिल्लाका १७ पालिका मध्ये पहिलो पल्ट लेटाङ्ग नगरपालिकामा स्थापना गरिएको कृषि प्रयोगशालाको समेत सोहि अवसरमा उद्घाटन गरिएको छ । नगरपालिका भवन भित्रै स्थापना गरिएको उक्त प्रयोगशालाको मोरङ्ग क्षेत्र नम्बर एकका संघिय सभासद माननिय डिक बहादुर लिम्बुले रिवन काटेर उद्घाटन गर्नुएको छ । प्रयोगशालामा  माटो परिक्षण  गर्दा साधरण परिक्षणको ५० रुपैंया लाग्नेछ भने उच्च स्तरिय परिक्षण गर्नु परेमा  एक हजार रुपैंया सम्म लाग्ने छ । यहि प्रकारको परिक्षण कृषिकेन्द्र झुम्कामा गर्नु परे साधरण तर्फ एक सय रुपैंया र विशेष प्रकारको पाँच हजार रुपैयाँ सम्म लाग्ने जनाईएको छ  ।

कार्यक्रम नगर प्रमुख लावतीको अध्यक्षतामा सम्पन्न भएको थियो  भने संघिय सभासद माननिय डिकबहादुर लिमणबू प्रमुख अतिथि हुनुहुन्थ्यो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes