छात्रवृत्ति प्रदान गर्नको लागि जेनिथमा अक्षयकोषको स्थापना - Pahilo Online

छात्रवृत्ति प्रदान गर्नको लागि जेनिथमा अक्षयकोषको स्थापना

writer

पहिलो अनलाइन

कानेपोखरी । कानेपोखरी गाउँपालिका ६, रमाइलोका गुरु बुदीनाथ लम्सालले जेनिथ इङ्लिस स्कुलमा “चन्द्रमाया स्मृती अक्षयकोष” स्थापन गरेको छ । गुरु लम्सालले स्कुलमा ७ बर्ष अघि “चन्द्रमाया स्मृती अक्षयकोष” स्थापना गरेको हो ।

विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरेको थियो । लम्सालले आफ्नो स्वर्गिय माता चन्द्रमायाको नाममा अक्षयकोष स्थापना गरेका हुन । विद्यालयमा प्रत्येक बर्ष हुने सरस्वती पूजामा संकलित रकम बैंकको खातामा जम्मा गर्दै आएका छन् । सोही बैंकको ब्याजले प्रत्येक बर्ष १ जना छात्रा र १ जना छात्रलाई छात्रवृत्ति बापत रकम प्रदान गर्दै आएका छन । यस पटक पनि संकलित रकम विद्यालय संचालक अशोक फुयलले गुरु बुदीनाथ लम्साललाई हस्तान्तरण गरेका छन् । संकलिन रकम शुक्रबार सरस्वती पूजा समापन कार्यक्रममा हस्तान्तरण गरेका हुन ।

जेनिथ इङ्लिस स्कुलले विविध कार्यक्रम गरी सरस्वती पुजा समापन गरेको छ । बिहिबार श्रीपञ्चमी तथा सरस्वती पूजाको अवसरमा विद्यालयमा नयाँ भर्ना हुन आउने बालबालिकालाई अक्षरारम्भ गराएका थिए । शिक्षकहरुले बालबालिकालाई वाईट बोर्डमा क, ख र ए, बि सि, डी अक्षर लेखाएका थिए । विद्यालयले भर्नाहुन आउने बालबालिकालाई कपि, पेन्सिल प्रदान गरेका थिए । भोलि पल्ट कालिकोशी सिमसारमा सरस्वती पूजाको कार्यक्रम समापन गरिको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes