दुईवटा विधेयक पारित गर्दै पथरीशनिश्चरेकोे १२ औं नगरसभा सम्पन्न - Pahilo Online

दुईवटा विधेयक पारित गर्दै पथरीशनिश्चरेकोे १२ औं नगरसभा सम्पन्न

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले १२ औँ नगरसभा समपन्न् गरेको छ ।
नगरपालिकाको हलमा आज (बिहिबार) पत्रकार सम्मेलनको आयोजना गरी सभाले हिउदे अधिवेसनबाट दुई वटा विधेयक पारित गर्दै सभा समपन्न् गरेको जानकारी दिएको हो ।
हिउदे अधिवेसन बाट नगरसभाले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन र शिक्षा सम्बन्धी विधेयक पारित भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

साथै नगरसभाले सुकुम्बासीलाई जस्को जग्गामा बसेपनि जोतभोगको आधारमा धनीपुर्जा दिन संघ, प्रदेश सरकारलाई अनुरोध गर्ने, सुकुम्बासी बसेको जग्गाको कर नगरले नलिने, अध्ययन गरेर नगरमा सर्पदंशको उपचार केन्द्र स्थापनाको लागि पहल गर्ने निणर्य भएको छ ।
त्यसैगरी नयाँ स्थापना गरेको पूर्बी र पश्चिम बस स्टेनमा सार्वजनिक शौचालय निर्माण गर्ने, नगर क्षेत्रमा रहेको डाँस, सुनझोडा र बक्राहाको नदीजन्य पदार्थ छिमेकी पालिकाहरुले उत्खनन तथा बिक्री वितरण गरिरहेको बारे जिल्ला समन्वयसँग समन्वय गरेर सो कर्य रोक्न प्रकृया अघि बढाउने निणर्य भएको छ ।

ल्याण्डफिल्ड साइडको उर्लाबारी लगायतको छिमेकी पालिकाहरुसँग समन्वय गरेर स्थानन्तरणको प्रयास थाल्ने, समस्या अध्ययन गरेर सेवाग्रहीले बिगत आर्थिक बर्षहरुको घर नक्सा पासको प्रतिलिपि उललब्ध गराउने लगायतको निणर्य भएको उल्लेख छ ।
पत्रकारहरुले सोधिएको प्रस्नहरुको जवाफ दिदै नगर प्रमुख तुम्बापोले गए आर्थिक बर्षमा भेटनरी ब्याबसायीहरुले कर बृद्धि बारे गुनासो गरेपछि घटाइएको जानकारी दिए ।

पौष मसान्तसम्मको प्रस्तुत प्रगति विवरणमा नगर अधिवेशनले गए आर्थिक बर्षबाट पारित बजेट संशोधन गरिएको छ ।
पौष मसान्तसम्म चालुतर्फ ३९ र पुँजीगततर्फ १९ प्रतिशत खर्च भएको उल्लेख छ । यो अवधिमा ७६ जना विरामीलाई १५ हजारको दरले उपचार खर्च वितरण गरिएको उल्लेख छ ।

पत्रकार सम्मेलनमा नगर प्रमुख मोहन तुम्बापो, उपप्रमुख देविमाया काफ्ले, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनमा प्रवक्ता नवीन कार्कीले विज्ञप्ति बाचन गरेर निणर्यहरु सार्वजनिक गरेका थिए । कार्यक्रम नगरको सूचना संयोजक शन्तोष राईले सञ्चालन गरेका थिए ।
नगर अघिवेशनको उद्घाटनमा नगरका कर्मचारी लुकनाथ पोख्रेललाई ३० हजार नगदसहित उत्कृष्ण कर्मचारीको रुपमा सम्मान गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes