जनसेवा माविका पूर्व विद्यार्थीको २४ बर्ष पछि पुनर्मिलन - Pahilo Online

जनसेवा माविका पूर्व विद्यार्थीको २४ बर्ष पछि पुनर्मिलन

writer

पहिलो अनलाइन

पथरी । मोरङ कानेपोखरी–६, रमाइलोमा स्थापित जनसेवा माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरु २४ बर्ष पछि फेरी पुनर्मिलन भएका छन् । जनसेवा माविमा २०५५ सालको एस.एल.सी. व्याचका पूर्व विद्यार्थीहरुले माघ ७ गते पुनर्मिलन तथा वनभोजको कार्यक्रमको आयोजना गर्दै भेला भएका हुन । कार्यक्रममा मा विभिन्न विद्याका तीन जना व्यक्तित्वलाई सम्मान गरेको छ ।

दक्षिण कोरियामा उच्चशिक्षा हासिल गरेका कानेपोखरी–२ डा.हेमप्रकास कार्की, पूर्व जनप्रतिनिधि पथरीशनिश्चरे–१० का मैना देवी फुयल आचार्य र वर्तमान जनप्रतिनिधि पथरीशनिश्चरे–८ का बाबुराम चौधरीलाई सम्मान गरेका थिए । उनिहरुलाई उर्लाबारी –२ स्थित बाँसेचौरीमा आयोजना भएको पुनर्मिलन तथा वनभोज कार्यक्रममा कदर पत्रले सम्मान गरिएको थियो ।

जनसेवा माविमा २०५५ सालको एस.एल.सी. व्याचको ग्रुप निर्माण गरी सम्पर्कमा आएजती पहिलो पटक पुनर्मिलन तथा वनभोजको आयोजना सम्पन्न गरेको व्यवस्थापन टिमका सदस्य मनकुमारी गुरुङले बताए । पहिलो पटक ४३ जना सहभागी भएका थिए । भेटघाट कार्यक्रममा सवैजना छलफलमै व्यस्त थिए । यो व्याचका पूर्व विद्यार्थीहरु यस अघिको पटक पटक जुट्ने प्रयासहरु असफल भएको थियो । यस्ता कार्यक्रम अर्को बर्ष अझ वृह्रद गरिने व्यवस्थापन टिमका सदस्य ऋषि लम्सालले बताए ।

कार्यक्रम यामप्रसाद(उमेश) पौड्याल, जनक ढकाल, दिनेश सुब्बा लिम्बु, मनकुमारी गुरुङ र ऋषि लम्सालको नेतृत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा धरान, विराटनगर, इटहरी, झापा, पथरीशनिश्चरे, जाँते, कानेपोखरी, बेलबारी र विराटचोकबाट भेला भएका थिए । कार्यक्रममा शुभकामना आदनप्रदान पनि गरिएको थियो । उपस्थ्तिहरु जनप्रतिनिधि, शिक्षकशिक्षिका, राष्ट्र सेवक र गृहिणी जस्ता कार्यमा व्यस्त रहेको परिचयको क्रममा बताइएको थियो ।

जनसेवा माविमा २०५५ सालको एस.एल.सी. व्याचमा जम्मा २१५ जनाले एस.एल.सी पास गरेका थिए । जस्मा नियमित १३८, आंशिक ४७ जना र पुरक ३० जना रहेका थिए । उतिखेर ए, बि, सि, डि र ई सम्म सेक्सन रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes