शान्ति भगवतीको वार्षिकोत्सब सम्पन्न - Pahilo Online

शान्ति भगवतीको वार्षिकोत्सब सम्पन्न

writer

डम्बरबहादुर विश्वकर्मा

लेटाङ्ग । मोरङ्गको लेटाङ्ग चार स्थित श्री शान्ति भगवती  माध्यमिक विद्यालयले आफ्नो स्थापनको ७० अौं वार्षिकोत्सब भव्यताका साथ सम्पन्न  गरेको छ ।             वि.सं. २००९ सालमा स्थापना भएको उक्त विद्यालयले  आफ्नो स्थापना भएको ७० वर्ष पुगेको खुशियालीमा विविध कार्यक्रम गरी उत्सव मनाएको हो ।

उक्त कार्यक्रममा छात्र-छात्रा द्वारा साँस्कृतिक नृत्य प्रस्तुति , तहगत र कक्षागत रुपामा उत्कृष्टता हासिलगर्ने छात्र-छात्राहरुलाई पुरस्कार वितरण  तथा विद्यलयले आयोजना गरेको विविध विधाका खेलमा प्रथम , द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडिहरुलाई पुरस्कार वितरण गरिएको थियो । यसरी खेलाईएका खेलहरुमा शिक्षक-अबिभावक मैत्रीपूर्ण फुटबल , म्युजिकल चियर र अबिभाबक विचको हाँडिफोड खेल रहेका थिए ।

यसैगरी सोहि अवसर पारी उक्त विद्यालयमा अध्यन गरी बाहिरिएर  विविध क्षेत्रमा उत्कृष्ट सेवा गरीरहेका पूर्व विद्यार्थीहरुलाई सम्मान  समेत गरेको थियो । यसरी सम्मान पाउनेहरुमा नवनिर्वाचित संघिय सभासद (मोरङ्ग क्षेत्र नम्बर ३) डा.सुनिल शर्मा, पुर्व संविधान सभा सदस्य नगेन्द्र प्रसाद धिमाल , प्रहरी सेवका डि.एस. पि. श्याम सारु मगर लगायत शिक्षा तथा निजामती सेवाका गरी जम्मा  १९ जना व्यक्तित्वहरु  रहेकाछन् । यसैगरी झण्डै ३४ वर्ष सम्म शिक्षण पेशामा आवद्ध रही उक्त विद्यालयमा १५ वर्ष सेवागरेका हाल स्वैच्छिक अवकास लिनु भएका शिक्षक डम्बर वि.क. र सरुवा भै जानु भएका शिक्षक वेणु साप्कोटालाई विदाई गरिएको थियो । साथै विद्यालयमा यस वर्ष भित्र नयाँ नियुक्ति पाएका १८ जना नयाँ शिक्ष शिक्षिहरुलाई पनि सोहि कार्यक्रममा स्वागत  गरिएको थियो ।

यसैगरी उक्त कार्यक्रममा विद्यालयमा २० वर्ष सेवागरिसकेका सात जना शिक्षक तथा कर्मचारीहरुलाई  सम्मान गरिएको छ । यसरी सम्मान पाउनेहरुमा शिक्षक सोमनाथ भट्टराई , लेखनाथ पौडेल,टंक मगर , बालकुमारी लिम्बू, धन प्रसाद लिम्बू , ईन्दीरा श्रेष्ठ र कर्मचारी देवका नेपाल रहेका छन् ।  विभिन्न व्यक्तित्वहरुको नाममा विद्यालमा स्थापित अक्षयकोष मार्फत प्रदान गरिने विविध शिर्षकका  छात्रवृत्ति समेत सोहि अवसरमा वितरण गरिएको थियो ।

कक्षा छ देखि १२ सम्मका गरिब तथा जेहेन्दार छात्र-छात्रालाई प्रदान गरिने उक्त छात्रवृत्तिहरुमा भृकुटी स्मृति  , स्व. भिमबहादुर श्रेष्ठ स्मृति , स्व. गोपाल पाण्डे स्मृति ,स्व.शिवकुमार बारकोटी स्मृति ,सिताराम लुईंटेल स्मृति , स्व. ध्रुव श्रेष्ठ स्मृति छात्रवृत्ति रहेकाछन् । साथै अन्य छात्रवृत्तिहरुमा  धन मणि- धनसरा स्मृति  , स्व. पुर्णबहादुर-बुद्ध माया स्मृति , लेटाङ्ग नगरपालिका वडानम्बर ३ वडाध्यक्ष अक्षयकोष ,स्व. विष्णुमाया स्मृति , स्व. कमल तामाङ स्मृति र स्व. मणिलामा स्मृति छात्रवृत्ति रहेकाछन् ।

उत्सबकै अवसर पारी वि.व्य. स. अध्यक्ष देवराज चामलिङले मन्तव्य राख्दै विद्यलयको कोषमा विगत देखि हाल सम्म अक्षयकोषको रुपमा १३ लाख ८५ हजार  आठ सय पाँच रुपैंया रकम राखी सहयोग गर्नुहुने १५ जना सहयोग दाताहरुको नामको शिलालेख समेत प्रदर्शन गर्नुभएको थियो ।

आफ्नै प्रङ्गणमा सम्पन्न उक्त उत्सबमा विद्यालयमा अध्यापन गरिँदै आएको  विज्ञान तथा कम्प्युटर संकायमा अध्ययनरत छात्र-छात्राहरुबाट निर्माण गरिएको सामाग्री एवं कम्प्युटर प्रविधिमा आधारित प्रविधीहरु तथा वस्तुहरुको प्रदर्शनी  कक्षहरु समेत राखिएको थियो । प्रदर्शनीमा  विद्यालयकै कक्षा १०/११ र १२ मा विज्ञान संकाय एवं कम्प्युटर ईन्जिनियरिङ संकायमा अध्यनरत विद्यार्थीहरुबाट निर्मित वस्तु एवं प्रविधिहरु प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनीमा नमुना अटोमेटिक वत्ति, नमुना क्षेप्यस्त्र , हाईड्रोलिक ब्रिज , नमुना स्मार्ट सिटी , दुरदर्सन यन्त्रहरु , लगायत विभिन्न यान्त्रिक कक्षहरु राखिएको थियो ।

विद्यालय व्यास्थापन समिति अध्यक्ष देवराज चाम्लिङको अध्यक्षतामा सम्पन्न उक्त उत्सबका परमुख अतिथिमा  नगर प्रमुख भुपेन्द्र लावती एवं विशिष्ट अतिथिमा पुर्व नगर प्रमसख शंकर राई हुनुहुन्थ्यो ।  कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रीप्रसाद ढकालले विद्यालयको वार्षिक प्रगति  प्रतिवेदन  प्रस्तुत गर्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes