जाँते । मोरङ्गको लेटाङ्ग ९ जाँते स्थित श्री माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको एक अौपचारिक कार्यक्रमका विच उद्घाटन गरिएको छ । महोत्सवको लेटाङ्ग नगर प्रमुख भुपेन्द्र लावतीले व्यनर पढेर एवं विद्यालयको स्वर्ण महोत्सव लेखिएको व्यानर जडित व्यालुन उडाएर उद्घाटन गर्नु भएको थियो । उक्त अवसरमा नगर प्रमुख लावतीले अन्तर सदन छात्र फुटबल प्रतियोगिताको समेत फुटबल हानेर उद्घाटन गर्नुभएको थियो ।
वि.सं.२०२९ सालमा स्थापित उक्त विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पुगेको उपलक्ष्यमा स्वर्ण जयन्ती( महोत्सव ) मनाउन लागिएको हो । महोत्सव माघ ५ गते देखि १२ गते सम्म हरेक दिन विविध कार्यक्रम गरी मनाईने छ । महोत्सवको माघ १३ गते विद्यालयलाई प्रत्यक्ष वा अप्रत्यक्ष योगदान पुर्याउनुहुने व्यक्ति सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी समापन गरिने विद्यालयका सहायक प्रधानध्यापक तथा सुचना अधिकारी काँसि तिम्सिनाले जनाए ।
सहायक प्र.अ.तिम्सिनाका अनुसार महोत्सवमा विद्यालयका छात्र-छात्रा विच तहगत विवध विधामा आधारित खेलकुद प्रतियोगिता, वडाका १३ वटा टोल विकासहरु विच अन्तर टोल फुटबल प्रतियोगिता , महिला-पुरुष मिनि म्याराथुन खेलको आयोजना गरी मनाईने छ । यसैगरी महोत्सवको अन्य खेलहरुमा डोरी तान एवं हाँडिफोड जसता मनोरञ्जनात्मक खेल खेलाउनुका साथै विविध जातिय साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिने छ । अन्तर सदन र अन्तर टोल फुबल प्रतियोगिताको भने आजबाटै शुरु गरिएको जनाईएको छ ।
आज माघ ५ गते उद्घाटन गरी शुरुभएको महोत्सवको आगामी माघ १३ गते शुक्रबार समापन गरिने विद्यालय प्र.अ.खेमराज दुलालले जनाउनु भएको छ । उक्त महोत्सवको समापन कार्यक्रमलाई प्रदेश नम्बर एकका मुख्य मन्त्री हिक्मत कार्कीले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको विद्यालय व्यावस्थापन समिति अध्यक्ष तथा वडा सदस्य खेमराज (इन्द्र) ढकालले वताउनु भएको छ ।