अटेर गर्ने सिटी सफारी र ठेलागाडालाई कारवाही - Pahilo Online

अटेर गर्ने सिटी सफारी र ठेलागाडालाई कारवाही

writer

पथरीशनिश्चरे, मोरङको पथरीशनिश्चरे वडा नं. १ मा अवस्थित पथरी बजारको व्यवस्थापनका लागि सरोकारवालाहरुले सूचना केही दिन अघि जारी गरेको थियो ।
आज पथरी बजारमा अटेर गरी जथाभावी पार्किङ गर्ने सिटी सफारी, अटोलाई कारवाही स्वरुप पार्किङ स्थल पठाउने कार्य भएको छ । यस्तै हाइवेको ७५ फिट भित्र रहेका होल्डिङ बोर्ड, ठेला गाडाहरुलाई कारवाही स्वरुप पक्रिएर नगरपालिका परिसरमा राखिएको नगरका भौतिक पूर्वाधार संयोजक विरध्वोज शिवाले जानकारी दिनुभयो ।
सो कार्य लागि बजार व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार गुरुङ, वडा नं. १ वडा सदस्य पूर्ण कार्की, समाजसेवी बलिदान चेम्जोङ र नगर प्रहरीको सक्रियतामा सम्पन्न भएको थियो । अझ पनि अटेर गरी जथभावी पार्किङ र ठेलाहरु राखेका कारवाही गरिने नगरले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes