पथरीशनिश्चरेको कार्यपालिका बैठकद्वारा ५ वटा निर्णयहरू पारित - Pahilo Online

पथरीशनिश्चरेको कार्यपालिका बैठकद्वारा ५ वटा निर्णयहरू पारित

writer

पहिलो अनलाइन

पथरीशनिश्चरे, मोरङ पथरीशनिश्चरे नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले ५ वटा निर्णयहरू पारित गरेको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले काठमाडांैबाट पोखरा गएको हवाइजहाज दुर्घटनामा मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा पर्न गएको अपुरणीय क्षतिप्रति भावपूर्ण समवेदना प्रकट गर्दै नगरपालिका र मातहतका कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको छ ।

यस्तैगरी २०७९ साल माघ ९ गते नगरसभाको तयारी स्वरुप कार्यपालिकाको बैठक बस्ने, विपत व्यवस्थापन विधेयक नगरसभामा पेश हुने गरी पारित, निमावि र माविमा अध्यापन गराउनुहुने सहयोग अनुदानका शिक्षकहरुलाई नगरपालिकामा सहमति भए बमोजिमको तलब व्यवस्थापन गर्ने र पेश भए बमोजिम संसोधित बजेट तयारीको लागि कार्यपालिकाले कार्यालयलाई जिम्मेवारी प्रदान गर्ने लगायतका निर्णयहरु पारित गरिएको प्रवक्ता नविन कार्कीले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes