शान्ति भगवती मा. वि. को छात्रावास भवन शिलान्यास   - Pahilo Online

शान्ति भगवती मा. वि. को छात्रावास भवन शिलान्यास  

writer

डम्बरबहादुर विश्वकर्मा

लेटाङ्ग ४ माघ- मोरङ्गको लेटाङ्ग ४ स्थित शान्ति भगवती माध्यमिक विद्यालय परिसरमा निर्माण हुने छात्रवास भवनको एक समारोहको विच शिलान्यास गरीएको छ ।

उक्त विद्यालयको उत्तर पश्चिम कुनामा निर्माण गर्न लागिएको छात्रावास भवनको संघिय सभासद डिकबहादुर लिम्बुले शिलान्यास गर्नुभएको हो । शिलान्यासमा नगर प्रमुख भुपेन्द्र लावती र उपप्रमुख कृष्ण कुमारी पोख्रेल निरौलाको समेत संयुुक्त सहभागिता रहेको थियो ।          भवन विद्यालयमा पढ्नकै लागि टाढा- टाढाबाट आएर महंगोमा डेरा लिएर बस्ने विद्यार्थीहरुलाई सहोग पुगोस् भन्ने उद्देश्यले निर्माण गर्न लागिएको विद्यलयका व्यावस्थापन समिति अध्यक्ष देवराज राईले वताउनुभएको छ ।

४५० वर्ग मिटर क्षेत्रफलमा फैलिने उक्त भवनको निर्माण सम्पन्न भए पश्चात ११२ जना विद्यार्थीले आवास सुविधा पाउने लेटाङ्ग नगरका ईन्जिनियर भानु राईले जनाएकाछन् । ईन्जिनियर राईका अनुसार बहु वर्षे योजना अन्तर्गत निर्माण हुने उक्त भवनको निर्माणले पुर्णता पाउँदा ४ करोड ९८ लाख खर्च हुने छ । अहिले पहिलो चरणमा निर्माण गर्न लागिएको भुईतला मात्र १ करोड ७२ लाख ९२ हजारमा सम्पन्न  गर्न शशिधर-काविल जे.भि. पथरीशनिश्चरे सँग गत पौष ११ गते सम्झौता भैसकेको छ । सम्झौ अनुसार उक्त  भवन आगामी २०८१ साल असार १५ गते सम्पन्न हुने छ । भवनको बाँकी कामका लागि भने राष्ट्रिय योजना आयोगमा स्टेमेट तथ्यांक पेश गरिसकिएको जनाईएकोछ ।

         पहिलो तला १६ कोठा रहने भवनमा ३२ शैयामा ६४ जना विद्यार्थीहरु रहनेछन् ।यसै गरी दोश्रो तलामा कोठा संख्या १२ रहने छ भने २४ शैयामा ४८ जना विद्यार्थी रहनेछन् । यसै गरी सोही तलामा आइटी कक्ष ( सुचना कक्ष) समेत रहने जनाईएको छ । भवन संघिय सरकारको विशेष अनुदान मार्फत निर्माण हुन लागेको हो ।

उक्त भवन उत्तरी मोरङ्गको इतिहासमा शिक्षाको क्षेत्रमा पर्ने बजेटकै सबै भन्दा ठुलो बजेट मार्फत बन्न लागेको हो ।  छात्रवास भवन निर्माण सम्पन्न भए पश्चात् उक्त विद्यालमा पढ्न आउने पुर्वी धनकुटा , दक्षिणी पाँचथरका आंशिक साथै उत्तर पुर्वी मोरङ्गका पहाडि क्षेत्रमा रहेका अधिकांश विद्यार्थी लाभान्वित हुने जनाईएको छ ।

शिलान्यास कार्यक्रम लेटाङ्ग नगरपालिकाको सहयोग साथै शान्ति भगवती मा.वि.को व्यवस्थापनमा सम्पन्न भएको थियो । संघिय सभासद डिक बहादु लिम्बु प्रमुख अतिथि रहनुभएको कार्यक्रम नगर प्रमुख भुपेन्द्र लावतीको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रम शान्ति भगवती मा.वि.को खुल्ला सभा कक्षमा सम्पन्न गरएिको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes