जाँतेमा बुद्धको मुर्ति अनावरण - Pahilo Online

जाँतेमा बुद्धको मुर्ति अनावरण

writer

डम्बरबहादुर विश्वकर्मा

जाँते ।  माघ एक गते मगर जातीहरुको महान चाड एवं नयाँ वर्षको अवसर पारी मोरङ्गको लेटाङ्ग ९ जाँते स्थित धार्मिक चौकमा रहेको शान्ति द्विप बौद्ध गुम्बा बिहारमा भगवान गौतम बुद्धको मुर्ती अनावरण गरीएको छ ।

छ महिना अघि सो गुम्बामा स्थापना गरीएको उक्त मुर्तिको आज मात्रै अनावरण गरीएको हो । मुर्तिको स्थानिय मगर जातीका जेष्ठ नागरिक , समाजसेवी एवं पुर्व अध्यक्ष गंगा सुर्य मगर र नर बहादुर खपाङ्गीले संयुक्तरुपमा अनावरण गरीएको गुम्बाका पुर्व अध्यक्ष दिलिप लाह्यो मगरले जनाएका छन् ।

दुई फिट उचाई , ४० किलोग्राम तौल र रु.२ लाख मुल्य बराबरको कस्कुट धातुबाट निर्मित उक्त मुर्ति स्थानिय समाजसेवी पुर्ण कुरुम्बाङ्गका जेठा छोरा कुमार कुरुम्बाङ्ग (हाल न्युजिल्यान्ड निवसी) ले प्रदान गर्नुभएको गुम्बाका मुल पुजारी (वाप्पा) रेख बहादुर लुङ्गेली मगरले जनाएका छन् ।उक्त कार्यक्रम नेपाल मगर संघ लेटाङ्ग ९ जाँतेको आयोजनामा सम्पन्न भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes