लामपाते सिमसारमा सञ्चार क्लबको वार्षिक साधारणसभा - Pahilo Online

लामपाते सिमसारमा सञ्चार क्लबको वार्षिक साधारणसभा

writer

उर्लाबारी । बनभोज खान र नया नया ठाउ घुम्न रुचाउने आन्तरिक र बाह्य पर्यटकहरुका लागि नया गनतव्यका रुरुपमा रहेको लामपाते सिमसारमा पूर्वी मोरङ्गको पत्रकारहरुको छाता संगठन सञ्चार क्लव नेपालको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

विभिन्न प्रकाररका जलचर चराचुरुङगी, बन्यजन्तुहरुको बासस्थानका रुपमा रहेको उर्लाबारीको घुम्नै पर्ने स्थान मध्येको लामपाते सिमसारमा शनिबार क्वलवले आफ्नो १९ औँ साधारणसभा समपन्न गरेको छ । सिमसार पुर्वपश्चिम राजमार्ग देखी १ किलोमिटर उत्तरमा सालबारी सामुदायिक वनक्षेत्र भित्रको सुनझोडा खोला किनार सगै रहेको छ ।

शनिवार समपन्न् कार्यक्रमको प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले सञ्चार क्षेत्रको विकासमा स्थानिय तह प्रतिवद्ध रहेको बताए । क्लबले नगरपालिकाको वृद्धि विकासमा अतुलनिय भुमिका खेलेको भन्दै उनले क्लबको प्रशंसा समेत व्यक्त गरे । उनले सार्वजनिक चासोको विषय, सत्यतथ्य विषयहरु देखि लिएर विविध सूचनाहरु सम्प्रेषणमा अझ सशक्त भएर कलम चलाउन शुभकामना दिदै लामपाते सिमसारको विकास र प्रवर्धनका लागि नगरपालिकाले गुरुयोजना तयार गरी उत्कृष्ट पर्यटकीय स्थल बनाउने आश्वासन समेत व्यक्त गरे ।

कार्यक्रमको विशिष्ट अतिथि नगरपालिकाका पुर्व मेयर खड्ग फागोले आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा विकास निर्माण स्थानिय तहले गर्ने र त्यसको अनुगमन र पारदर्शीताका बारेमा संचार क्षेत्रले विशेष ध्यान दिनुपर्ने बताए । उनले पछिल्लो समय लाम्पाते सिमसार ओझेलमा परेको भन्दै लामपातेको प्रचारप्रसारमा सवै जना लाग्न सके उर्लाबारीमा आगन्तुकहरुको चहलपहल बढ्ने बताए । यस्तै आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा उर्लाबारी नगरपालिकाकी नगर उपप्रमुख मिना खतिवडा पौडेलले क्लबको उन्नतिमा नगरपालिकाले ध्यान दिएको बताएकी छिन् । उनले क्वलबको भवन निर्माणमा नगरपालिकाले बजेट विनियोजन गरेको बताईन् । यस्तै उनले क्लबको साधारणसभा लाम्पाते सिमसारमा आयोजना गरेर प्रवर्धन गरेकोमा धन्यवाद समेत व्यक्त गरिन् ।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा नेपाल पत्रकार महासंघ मोरङ्ग जिल्ला अध्यक्ष सन्जिव खनालले स्थानिय स्तरका सञ्चार माध्यमलाई प्रवर्द्धन गर्न स्थानिय सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले नगरपालिकाले श्रमजिवी प्रत्रकारहरुको आर्थिक उन्नयनमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा वडा नम्बर ७ की वडा अध्यक्ष उर्मीला थापा, उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्नि प्रसाद अधिकारी,उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी, उर्लाबारीका राजनितिक दलका तर्फबाट नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गजेन्द्र दंगाल लगायतले आ-आफ्नो धारणा सहित मन्तव्य राखेका थिए ।

क्लबका महासचिव विजय धिमालले संस्थाको वार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष पुजन दासले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । क्लबका अध्यक्ष नवराज भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य क्लबका पूर्व अध्यक्ष मदनबाबु प्रसाइँले राखेका थिए । उक्त अवसरमा क्लबले वनभोज कार्यक्रम समेत आयोजना गरेको थियो । वि.सं. २०६० सालमा स्थापना भएको उक्त क्वलबमा ५६ जना संचारकर्मीहरु आबद्ध रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes