ट्रेनर एसोसियन लेटाङ्गको अन्तरक्रिया कार्यक्रम - Pahilo Online

ट्रेनर एसोसियन लेटाङ्गको अन्तरक्रिया कार्यक्रम

writer

डम्बर बहादुर विश्वकर्मा  

डम्बर बहादुर विश्वकर्मा         

लेटाङ्ग । मोरङ्गको लेटाङ्गमा रहेका विभिन्न प्रकारको तालिम सहजकर्ताहरुको संगठन ट्रेनर एशोसियसन लेटाङ्गले आज  नेतृत्व विकास तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

“परिवर्तन र जागरणका लागि तालिम” मुख्य नारा राखी गठन गरिएको एसोसिएसनको आयोजनामा सम्पन्न उक्त कार्यक्रम लेटाङ्ग तिन स्थित CDF नेपालको सभाहलमा सम्पन्न भएको थियो ।  आफ्नो संगठनको स्थापना बारे जानकारी,अौचित्य एवं परिचय साथै संगठनको आवश्कता सम्बन्धि जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको एशोसिएसनका अध्यक्ष वेदेन्द्र श्रेष्ठले जनाएका छन् ।

नेतृत्व विकास सम्बन्धि  तालिम समेत  प्रदान गरिएको कार्यक्रममा लेटाङ्ग नगरप्रमुख , लेटाङ्ग क्याम्पस प्रमुख , विभिन्न राजनिती दलका प्रतिनिधि , स्थानिय सामुदायिक वन लगायत विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो । कार्यक्रममा स्थानिय नव निर्वाचित वडाध्यक्ष लगायत पचास वढि व्यक्तित्वलाई निमन्त्रणा गरिएता पनि करिव ३० जनाको मात्र उपस्थिति हुनुलाई समेत आफुहरुले ठुलै उपलब्धिको रुपमा लिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा CDF नेपाल लेटाङ्गका कार्यक्रम अधिकृत  नर बहादुर लिम्बु र एसोसिएसन अध्यक्ष स्वयंले सहजी करण गर्नुभएको थियो । सोहि अवसर पारी लेटाङ्ग नगर प्रमुखले लेटाङ्ग बजार उत्तरमा रहेको टुक्रे राष्ट्रिय वनमा निर्माण गर्नका लागि तयार पारिएको महत्वाकांक्षी आयोजनाको अवधारणाका बारे दृष्य सामाग्री  सहित संछिप्त व्याख्या गर्नु भएको थियो ।

एशोसिएसनका अध्यक्षको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख भुपेन्द्र कुमार लावती रहनु भएको थियो । विशिष्ट अतिथि स्थानिय वडानम्बर तिनका वडाध्यक्ष डम्बर राई रहनु भएको थियो । यसै गरी कार्यक्रममा  सामुदायिक बन उपभोक्ता महासंघका लेटाङ्ग अध्यक्ष  आनन्द सागर तिम्सिना , लेटाङ्ग क्यामपस प्रमुख बिरेन्द्र कुमार लिम्बु लगायतले एशोसिएसनको सफलताका लागि शुभकामना मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रमलाई एसोसिएसनकी कोषाध्यक्ष एवं कार्यक्रम संयोजक  विध्या लामिछाने  भट्टराईले संचालन गर्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes