पथरी बजारकोे बस स्टेन्डलाई स्थान्तरण गरियो - Pahilo Online

पथरी बजारकोे बस स्टेन्डलाई स्थान्तरण गरियो

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे, मोरङको पथरीशनिश्चरे वडा नं. १ मा अवस्थित पथरी बजारको व्यवस्थापनमा सरोकारवालाहरु जुटेका छन् ।
आज बजारको मुख्य सडकमा रहेको पश्चिम बस स्टेन्डलाई स्थान्तरण गरी सिरिजंघा धार्मिक वनको अगाडि सारिएको छ ।
सो बस स्टेन्ड, म्याजिक तथा ट्याम्पो स्टेन्डको बोर्डलाई नगर प्रमुख मोहनप्रसाद तुम्वापोको हातबाट उद्घाटन गरिएको छ ।
यसैगरी वडा नं.१ मा रहेको मुख्य बजारहरुमा सडक आसपासमा अव्यवस्थित व्यापार सञ्चालन गरेकालाई ब्यवस्थित गर्ने कार्य भएको छ । साथै हलुका साधनले गर्ने अव्यवस्थित पार्किङलाई व्यवस्थापन गरी तोकिएको स्थानमा पार्किङ गर्ने सचेतनामूलक जानकारी गराइएको छ ।
यसरी बजार व्यवस्थापनमा जनप्रतिनिधि, ट्राफिक प्रहरी, नेपाल प्रहरी साथै व्यापारीहरुको सहभागिता रहेको थियो । यदि बजार व्यवस्थापन कार्यलाई अटेर गरेमा कानुनी कारवाही गरिने वडा नं. १ अध्यक्ष भिम राईले जानकारी दिनुभयो । बजार व्यवस्थापनको लागि ३५ दिने सूचना पनि जारी गरिसकिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes