पथरीलाई पुसमा मिनी महोत्सवले तताउने - Pahilo Online

पथरीलाई पुसमा मिनी महोत्सवले तताउने

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरे–१ मा आइतबारदेखि सुरु हुने मिनी महोत्सवमा चर्चित गायक राजेशपालय राई आउने भएका छन् ।
पथरीको जाँते मोड स्थित फुटबल मैदानमा पुस –३ गतेदेखि २० दिनसम्म लाग्ने महोत्सवमा गायक राजेशपायल राई, एलिना चौहान, मेलिना राई, सुगम पोख्रेल लगायतसँग कुरा भइरहेको आयोजक समितिले जनाएको छ ।

महोत्सवमा दैनिक गायक कलाकारहरुको साथमा रोटेपिङ, बालबालिकालाई मनोरञ्जन दिन विभिन्न खेल सामाग्री रहने आयोजक समितिका मनि लुम्फूवा लिम्बूले कार्यक्रम बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बताए ।

पथरी बजारको विभिन्न स्थानमा सडक लाइट र नपुगेको स्थानहरुमा सीसी टिभी क्यामरा राख्ने लगायतका उद्देश्य राखेर महोत्सव लगाउन लागिएको आयोजक सुनाखरी युवा क्लवका अध्यक्ष मिलन राईले बताए । महोत्सवको सह– आयोजकमा फुलबारी समाज र भुल्के समाज रहने स्थानीय रोशन हाङबाङ्गले बताए ।

महोत्सवबाट संकलित रकमबाट सुनाखरी चोक, भुल्के, फुलबारी चोक, किराँत मार्ग लगायतमा सडक बत्ती जडान र विभिन्न छ स्थानमा सीसी क्यामरा जडान गर्ने योजना रहेको आयोजक समितिको सचिव विकास राईले बताए ।
पत्रकार सम्मेलनमा महोत्सवको ठेक्दार पर्वत लामा, स्थानीय युवाहरु देव साम्पाङ, दिपेश थापा, जोन सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

1 thought on “पथरीलाई पुसमा मिनी महोत्सवले तताउने

  1. उद्देश्य राम्रो भएको हुँदा सफल होस, शुभ-कामना तर चुच्चे माईक बाटोमा राखेर ध्वनी प्रदुषण नगर्नुहोला। राख्नै परे कम ध्वनी उत्पन्न गर्ने यन्त्र राखी कार्यक्रम सम्पन्न गरौहोला।यसो गरे कसो होला।

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes