भानुभक्त ढकालले अस्पतालको शिलान्यास गरेको ठाउँमा 'तोरी खेती' - Pahilo Online

भानुभक्त ढकालले अस्पतालको शिलान्यास गरेको ठाउँमा ‘तोरी खेती’

writer

पहिलो अनलाइन

मोरङको सुन्दरहरैचा– ११ कर्जुनामा प्रदेश नं. १ स्तरीय प्रादेशिक सरुवा रोग अस्पताल निर्माण अलपत्र बनेको छ । तत्कालीन पर्यटन मन्त्री भानुभक्त ढकालले शिलान्यास गरेको उक्त ५० शय्याको प्रादेशिक सरुवा अस्पताल अलपत्र परेको हो ।
धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा रहेको १४ बिघा जग्गा मध्ये ५ बिघा क्षेत्रफलमा उक्त अस्पताल बनाउन प्रतिष्ठानले अनुमति दिएको थियो । प्रतिष्ठानले जग्गा उपलब्ध गराएसँगै तत्कालीन मन्त्री ढकालले २०७७ माघ १९ गते उक्त भवन निर्माणको शिलान्यास गरेका थिए ।
तर निर्माण हुने भनिएको अस्पताल शिलान्यास पछि अलपत्र बनेको छ । अहिले उक्त जग्गाको रेखदेख गर्ने ब्यक्ती कृष्ण प्रसाद न्यौपानेले अन्न उब्जाउन थालेका छन् । अस्पताल बन्ने छाटकाट नदेखेपछि अन्न बाली उब्जाउ गर्न थालिएको न्यौपानेको भनाई छ । अस्पताल निर्माणका लागि शिलान्यास भएपछि उनले छैटौँ पटक वाली लगाएका छन् । तत्कालीन समयमा पाक्न लागेको तोरी विनाश गरेर अस्पतालको शिलान्यास गरिएको थियो ।
अस्पताल शिलान्यास हुँदा जुन खुसी स्थानीयमा थियो त्यो खुसी अहिले निराशामा परिणत भएको छ । अस्पताल बन्छ भन्ने आशै आशामा बसेकी स्थानीय हरिमाया लिम्बु भन्छिन् ‘शिलान्यास भएको बेला मान्छे आएको देखिएको तर अहिले आएको नआएको थाहा छैन । अस्पताल बन्ने आस मरिसकेको छ ।’ लिम्बु भन्छिन् ‘खै अस्पताल आउँछ भन्दा खुसी थियौ अब त अस्पताल बन्छ भन्ने आस पनि मरिसक्यो । “
जग्गा प्राप्तिको काम नै नगरी लाखौँको डिपीआर तयार गरी शिलान्यास गरेको उक्त अस्पताल बन्न केन्द्र सरकारबाट ८ करोड बजेट समेत विनियोजन गरिसकिएको थियो । उक्त बजेट समेत चुनावको बेला पूर्व मन्त्री ढकालले आफूले विनियोजन गरी काम गरेको भनेर आफ्नो प्रगति विवरणमा त हाल्न भ्याए तर एक पटक पनि पुन त्यस ठाउँमा भवन बन्यो बनेन हेर्न समेत जान भ्याएनन् ।
ढकालले आफ्नो प्रगति विवरणमा उक्त अस्पतालको नाम हाल्दा यता स्थानीय भने आक्रोशित भएका छन् । स्थानीय सुरेन्द्रप्रसाद ओझाले अस्पताल बनाउने भनेर जनप्रतिनिधिले जनता माझ भ्रम मात्र छरेको बताए । अस्पताल बनाउने कुरा हल्ला हल्ला मा मात्र सीमित रहेको बताए । उनले भने ‘एक दिन आएर खाल्डो खने । मन्त्रीहरू आए अन्त्यमा केही न केही । जनता झुक्क्याउने काम मात्रै भयो ।’
अस्पताल बन्ने भएपछि स्थानीय सुकुम्वासीका केही घरलाई अर्को स्थानमा व्यवस्थापन गर्ने पूर्व मन्त्री ढकालले आश्वासनसमेत दिएका थिए । तर न त अहिले सम्म अस्पताल बन्यो न त त्यहाँ रहेका सुकुम्वासी बस्तीले जग्गा प्राप्ति नै गर्न सके । टेकु अस्पतालका ३ सय बेडले मात्र नधान्ने भन्दै सातै प्रदेशमा ल्याब सहितको सरुवा रोग अस्पताल निर्माण गर्ने योजना केन्द्र सरकारले बनाएको हो ।
उनीमाथि आफ्नो सिट सुरक्षित गराउन तेह्रथुमबाट मोरङ आएर जितेको तर जितपछि फर्किएर पनि आफ्नो क्षेत्रमा नआएको आरोप छ।कोरोनाको पहिलो चरणमा स्वास्थ्य सामग्री खरिद गर्दा उनी स्वास्थ्य मन्त्री थिए। ओम्नी नामको कम्पनीलाई उनी नेतृत्वको स्वास्थ्य मन्त्रालयले प्रक्रिया नपुर्याई ठेक्का दिएको र त्यसको कमिसन एजेन्ट आफैँ भएको आरोप ढकाललाई लाग्ने गरेको छ।
अघिल्लो निर्वाचनमा निकै दौडधुप गरेर जनताको घर आँगनमा पुगेका ढकाल यस पटक खुलेर जनतामाझ जान सकेका छैनन्। उनी प्राय: कार्यकर्ता भेटघाट र उनीहरूलाई परिचालन गराउनमै व्यस्त देखिन्छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes