विश्व मधुमेह दिवसको अवसरमा वृद्ध वृद्धाको स्वास्थ्य परीक्षण - Pahilo Online

विश्व मधुमेह दिवसको अवसरमा वृद्ध वृद्धाको स्वास्थ्य परीक्षण

writer

पहिलो अनलाइन

पथरीशनिश्चरे, मोरङ्गको पथरीशनिश्चरे -२ स्थित देविगञ्जमा विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लब अफ पथरीशनिश्चरेको आयोजनामा एक कार्यक्रम सम्पन्न भएको छ।

हरेक वर्ष नोभेम्बर -१४ का दिन विश्वभर मनाइने यस दिवसका अवसरमा लायन्स क्लब अफ पथरीशनिश्चरेका विभिन्न शाखाहरूको संयुक्त आयोजनामा वृद्ध – वृद्धाको नि:शुल्क स्वास्थ्य जाँच तथा परिक्षण गरिएको थियो। नगरभित्रका सय भन्दा बढी वृद्ध – वृद्धाको नि:शुल्क सुगर (मधुमेह) ,प्रेसर, डाइबिटिज फुट् स्क्रिन समेतको जाँच तथा परिक्षण गरिएको कार्यक्रमका संयोजक हेमसागर चापागाईंले बताए।

सोही अवसरमा मधुमेह रोगका लक्षणहरू तथा तिनको उपचारका लागि अपनाउनु पर्ने उपायहरुको विषयमा पनि संयोजक चापागाईंले सचेतनामूलक जानकारी दिएका थिए। कार्यक्रममा लायन्स क्लब अफ पथरीशनिश्चरेका विभिन्न -५ शाखाका अध्यक्षहरू क्रमशः लायन्स क्लब अफ पथरीकी गोमा पौडेल बुढाथोकी, लायन्स क्लब अफ पथरी योङ्ग हार्टका चिरञ्जीवी कट्वाल ( दिपक), लायन्स क्लब अफ पथरीशनिश्चरेकी सीता राई, लायन्स क्लब अफ पथरीशनिश्चरेकी क्रिएटिभ लेडी देवी राई र लायन्स क्लब अफ पथरीशनिश्चरेकी लियो नमिरा पौडेल, लगायतको उपस्थिति रहेको थियो। लायन्स क्लबका अन्तर्राष्ट्रिय डिस्ट्रिक ३सय २५ ‘सी’ का एरिया चिफ रोशन बुढाथोकीले कार्यक्रम सफलताको शुभ-कामना व्यक्त गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes