भानुभक्त ढकाल भ्रष्टाचारी भएको मतदाताको आरोप - Pahilo Online

भानुभक्त ढकाल भ्रष्टाचारी भएको मतदाताको आरोप

writer

पहिलो अनलाइन

मोरङ । निर्वाचनको समयमा नेतृत्वमा रहेका व्यक्तिहरूलाई अलिअलि आरोप लाग्नु सामान्य हो । तर मोरङ ३ मा एमालेका उम्मेदवार तथा पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भने हरेक ठाउँमा एउटै आरोप लाग्ने गरेको छ । त्यो आरोप हो ’ढकाल हो’ ।

ढकाल माथि लाग्ने गरेको उक्त आरोपका कारण उनको छवि विवादित बनेको छ । त्यति मात्रै हैन उनीमाथि तेह्रथुमबाट आएर जितेको र फर्किएर आफ्नो क्षेत्रमा नआएको भन्ने आरोप पनि छ । केही समय अघि ढकालका आफन्त पर्ने एमाले कै क्रियासिल सदस्य देवीप्रसाद ढकालले भानुभक्तलाई भ्रष्टाचारीको संज्ञा दिँदै आफ्नो घरमा प्रवेश गर्न रोक लगाएको समाचार सञ्चारमाध्यमहरूमा प्रकाशित समेत भएको थियो । उनी स्वास्थ्य मन्त्री बनेको बेला ओम्नी प्रकरणमा ढकालको संलग्नता रहेको आरोप रहेको छ ।

त्यस विषयमा उनले कुनै प्रकारको प्रतिक्रिया दिएका छैनन् । बरु उल्टै यस विषयमा पत्रकारले जिज्ञासा राख्दा ’ढिला भयो । घरमा पाहुना आएका छन्’ भनेर उनी पन्छिएका थिए । जस कारण मतदाता उनीप्रति रुष्ट देखिन्छन् । शनिवार पथरीशनिश्चरेका एक स्थानीयले ढकालले २ रुपैयाँमा पाउने मास्कलाई २२ रुपैयाँमा खरिद गरेको विल बनाउँदै घोटाला गरेको आरोप लगाएका छन् । उनले भने ’ भानुभक्त स्वास्थ्य मन्त्री हुँदा कोरोनाको कहर थियो । नेपाली जनताहरू अक्सिजन नपाएर घरघरमा मर्दै थिए ।

मास्क नपाएर सडकमा भौँतारिएका थिए । त्यसबेला मैले मोरङ ५ मा २ रुपैयाँले मास्क किनेर पठाउँदै गर्दा उहाँले २२ रुपैयाँ गोटा मास्क जनतालाई बेचेर भ्रष्टाचार गर्नुभएको छ । उहाँ भ्रष्टाचारी हो ।’ उनले जनतालाई कोठामा थुनेर राखेर ढकालले जनताले तिरेको करबाट उठाएको रकम घोटाला गरेको आरोप लगाएका हुन् । त्यसो त सुन्दरहरैचा १ मा भएको एमालेको कार्यकर्ता भेलामा ढकालको विरुद्धमा कार्यकर्ताले नै नाराबाजी गरेको एमालेका स्थानीय नेताहरू बताउँछ ।

नाम नखुलाउने सर्तमा उनी भन्छन् ’पार्टीले विवादित छवि भएका ढकाललाई फेरि निर्वाचनको लागि खडा गर्नाले कार्याकार्ताहरु रुष्ट छन् । हामी त कार्यकर्ता हौ पार्टीको निर्देशन मान्नै पर्छ । तर काम भन्दा बढी आरोप लागेका व्यक्तिलाई फेरि भोट हाल्नुहोस् भन्दै कसरी जनतासँग जाने ?’ त्यसो त अघिल्लो निर्वाचनमा निकै दौडधुप गरेर जनताको घर आँगनमा पुगेका ढकाल यस पटक खुलेर जनतामाझ जान सकेका छैनन् । उनी प्राय कार्यकर्ता भेटघाट र उनीहरूलाई परिचालन गराउनमै व्यस्त देखिन्छन् ।

त्यसो त यो क्षेत्र एक प्रकारले कम्युनिस्टको गढ नै हो भन्दा फरक पर्दैन । तर यस पटकको निर्वाचनमा माहौल फरक देखिएको छ । कम्युनिस्टका उम्मेदवारको छवि निष्कलङ्क हुन नसकेकै कारण यो गढ भत्किने संकेत देखिएको छ । यस क्षेत्रमा ढकालसँग गठबन्धनको तर्फबाट काँग्रेसका सुनिल शर्मा र राप्रपाकी रेखा थापा चुनावी मैदानमा छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes