कुमार सिरियस राई को ‘अरुण तिरैतिर’ - Pahilo Online

कुमार सिरियस राई को ‘अरुण तिरैतिर’

writer

पहिलो अनलाइन

पथरी । २०७२ सालदेखि सांगितिक यात्रामा लागेका कुमार सिरियस राई र लिला राईले नयाँ साङ्गितिक कोसेलीको रुपमा ‘अरुण तिरै तिर’ सार्वजनिक गरेका छन् । हालै गायक राईले आफ्नै युट्युब च्यानल सिरियस इन्टरटेन्मेटबाट सार्वजनिक गरेका हुन् ।

पथरीशनिश्चरे ९ का स्थायी बासिन्दा कुमार राईले चौथो कोशेलीको रुपमा अरुण तिरै तिर ल्याएका हुन् । डिबि बल तामाङको शब्द, रुद्र श्रेष्ठको संगीत÷एरेन्ज रहेको गीत किङ रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको हो । राजु कार्कीले मिक्सीङ गरेको यस गीतको भिडियो चाँडै तयारी हुने गायक राईले बताए ।

यसअघि कुमार सिरियस राई र लिला राई को स्वरमा सजिएको बोकनैमा बुकी फुल्दा आउँला फर्केर, सुनिता थेगिम संग राईले श्वर मिलाएका उकालीमा लहरे बर पिपल हो, सोल्टीनी कान्छी जाउ हिड घुम्नलाई धरान शहर जस्ता लोप्रिय गीत सार्वजनिक गरिसकेका छन् ।
केही समय झण्डै ओझेल परेर फेरि उस्तै दमदार सिर्जना ल्याएर दर्शक–श्रोतामाझ आएका छन् कुमार सिरियस राई ।

हुन त, पहिलेको पुस्ताले आफ्नै पालाको राम्रो भन्ने बानी हुन्छ । अरुलाई पनि त्यस्तै लाग्न सक्छ । अहिले गीत सुन्ने मात्रै होइन, हेरिन्छ पनि । पहिले नेपालकै मात्र आउँथ्यो भने अहिले संसारका भरका गीत–संगीतसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौति थपिएको उनको बुझाई छ । उनी भन्छन्, ‘तर पनि प्रविधि, प्लेटफर्म लगायतका कुराले अहिलेको संगीत राम्रो हुँदै गएको छ । यद्यपि पुरानो र नयाँ पुस्ताबीच केही ग्याप भने छ ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes