लर्ड बुद्ध सहकारीद्वारा पत्रकार जम्नेली सम्मानित - Pahilo Online

लर्ड बुद्ध सहकारीद्वारा पत्रकार जम्नेली सम्मानित

writer

पहिलो अनलाइन

मोरङ । मोरङलाई आधार क्षेत्र बनाएर करिव दुई दशक अघिदेखि पत्रकारिता गर्दै आउनु भएका मोरङ पथरीशनिश्चरे नगरपालिका १ का अर्जुन जम्नेली राईलाई लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको छ ।

पथरीशनिश्चरे २ मा रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २० औं बार्षिक साधारण सभाको अवसरमा सम्मान गरेको हो । लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थालाई स्थापित गराउनुको साथै संस्थाको सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणसँगै यसको बिकासमा महत्वपूर्ण योगदान गरेको भन्दै पूर्व सञ्चालकको रुपमा दोसल्लाह ओढाउनुको साथै र सम्मान पत्र प्रदान गरिएको छ समाज शास्त्रमा एमए (स्नातकोत्तर) गर्नुभएका अर्जुन जम्नेली राई पथरीशनिश्चरे १ मा रहेको नमुना घोषित पञ्चायत माविको कक्षा ११ र १२ मा आम सञ्चार विषयमा पढाउदै आउनु भएको छ । २०५९ सालदेखि निरन्तर पत्रकारिता गर्दै आउनुभएका राईसँग गोरखापत्र, ब्लाष्ट टाइम्स दैनिक, पूर्बी कमाण्ड दैनिक, बिभिन्न एफएम तथा टेलिभिजनहरुमा काम गरेको अनुभव छ । उहाँ हाल रातोकलम अनलाइनमा प्रवन्ध सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समितिको निवर्तमान अध्यक्ष राई, नेपाल पत्रकार महासंघ मोरङको पूर्ब जिल्ला समिति सदस्य, सञ्चार क्लव उर्लाबारीको वर्तमान सल्लाहाकार, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव भएर समाजिक कामहरु गर्दै आउनु भएको छ । राईलाई पथरीशनिश्चरे नगरपालिकाले अग्रज पत्रकार सम्मान, फोनिज मोरङ, किरात राई यायोक्खा मोरङ, किरात राई पत्रकार संघ सुनसरी लगायतका संघ, संस्थाहरुद्वारा यस अघि सम्मानित भइसक्नु भएको छ ।

लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाको २० औं बार्षिक साधारण सभामा घोषित सम्मान आज (शनिबार) संस्थाको कार्यालयमा प्रदान गरेको हो । संस्थाको अध्यक्ष धनराज राईको सभापतित्वमा पथरीशनिश्चरे नगरपालिका २ का वडा अध्यक्ष नैना राई, सचिव महेन्द्र ढुङ्गाना, ब्यबस्थापक गणेश बछना राई लगायतको उपस्थिति रहेको थियो । लर्ड बुद्ध सहकारी संस्थाले आजै २८ जना जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक भत्ता वितरण गरेको थियो । लर्ड बुद्ध सहकारी संस्थाले ७० बर्ष नाघेका सदस्यहरुलाई बृद्ध भत्ता प्रदान गर्दै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes