पत्रकार विरहीको अनुन्धानात्मक कृतिले पूर्वमा नयाँ इतिहास रच्दै - Pahilo Online

पत्रकार विरहीको अनुन्धानात्मक कृतिले पूर्वमा नयाँ इतिहास रच्दै

writer

पहिलो अनलाइन

पूर्वेली लेखक तथा पत्रकार केशु विरहीको अनुसन्धानात्मक कृति ‘बेलबारीको साहित्यिक इतिहास’ ले नयाँ इतिहास रच्न सफल भएको छ । प्रकाशोन्मुख अवस्थामै रहेको यो कृतिलाई विरहीले अग्रिम भुक्तानी (प्रि–बुकिङ) विधिबाट विक्री गर्न आफू इच्छुक रहेको भनेर सूचना पोस्ट गरेको एक हप्ता नबित्दै एउटा दुई सय पचास भन्दा बढी प्रति बिक्री भएर नयाँ पूर्वमा नयाँ इतिहास रच्न सफल भएको हो ।

विरहीले केहीदिन अघि मात्र कृतिलाई प्रि बुकिङ (अग्रिम भुक्तानी) प्रणलिमार्फन बिक्री गर्ने सूचना फेसबुकमा पोस्ट गरेका थिए । उनले पोस्ट गरेको २४ घण्टा नबित्दै एक सयभन्दा बढी प्रति बिक्री भएका थिए भने छ दिनसम्ममा २ सय ५१ प्रति बिक्री भइसकेकाे बताए । सम्भवतः पूर्वमै यो प्रणलीबाट कृति बिक्री भएको पहिलो पटक हुनुपर्छ । पुस्तक प्रकाशन नहुँदै पाठकले देखाएको रुचिले आफूलाई हौस्याएको बताए । ‘साहित्यलाई माया गरौँ, कृति मागेर होइन किनेर पढौँ’ भन्ने उद्देश्यका साथ आफूले यो अभियानको सुरुवात गरेको उनी बताउँछन् ।

कथा, उपन्यास, गजल, बालकथा, तथा समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएका विरहीका यस अघि नै ‘कहालीलाग्दा गोरेटाहरू’ (उपन्यास –सहलेखन) २०५५, ‘आमाको माया’ (उपन्यास) २०५६, ‘सुस्केरा (सामूहिक सङ्कलन) २०६२, ‘दन्किएको आगो (गजलसङ्ग्रह) २०६३, ‘भास्कर वंशावली (वंशावली) २०६५, ‘सुलोचना (कथासङ्ग्रह) २०७१ जस्ता आधा दर्जन साहित्यिक कृति बजारमा आइसकेका छन् । यो उनको आठौँ कृतिको रूपमा बाहिर आउन लागेको हो । लामो समयदेखि बेलबारीलाई कर्मथलो बनाएर साहित्य साधना गरिरहेका विरहीले साहित्यका माध्यमबाट बेलबारीलाई चिनाउने अभिप्रायले यो कृति लेखेको बताउँछन् । कृति प्रकाशन गरेर उपहारमै सिद्धाउनु पर्ने बाध्यता रहेको बेलामा सुरु गरिएको यो अभियानले लेखकलाई उचित सम्मान गर्ने स्रष्टा आचार्य अ.को बुझाइ रहेको छ ।

मङ्सिरमा बजारमा आउने यस कृतिले प्रकाशन नहुँदै पाठले रुचाइकोले खोज तथा अनुसन्धानमूलक कृतिको माग रहेको कुरालाई पुष्टि गरेको बेलबारी साहित्य विकास समितिकी अध्यक्षसमेत रहेकी स्रष्टा तिला लेकाली बताउँछिन् । पत्रकार भेटघाट कार्यक्रममा बेलबारी साहित्य विकास समितिकी अध्यक्ष तिला लेकाली, ड्रिमल्याण्ड फनका सञ्चालक एवम् युवा व्यवसायी विजय सुवेदी लगायतको उपस्थिति रहेको थियो । यस कृतिमा बेलबारीको २०१३÷१४ सालदेखि हालसम्मको साहित्यिक इतिहास, विधा साहित्यकोको इतिहास, कृति प्रकाशन गर्ने तथा लामो समयदेखि साहित्य साधनामा लागेर पनि कृति प्रकाशन गर्न नसक्ने लेखक तथा स्रष्टाको परिचय र बेलबारीमा गठन भएका साहित्यिक सङ्घ–संस्था तथा सञ्चार मिडियाको समेत परिचय समेटिएका बताइएको छ ।

लामो समयदेखि लेखन तथा पत्रकारिता पेसा अपनाउँदै आएका विरहीका यस अघि नै ५ ओटा एकल र दुईओटा सह लेखन गरेर ७ ओटा कृति बजारमा आइसकेका छन् । यो उनको आठौँ कृति रहेको छ । उनले दलीय भागबण्डाका आधारमा गरिएको बेलबारी प्रज्ञा–प्रतिष्ठानमाप्रति विमत्ति जनाउँदै आएका छन् । प्रज्ञा–प्रतिष्ठानजस्तो नगरकै गरिमा बोक्ने संस्थाको गठन दलीय भागबण्डाको आधारमा नभई योग्यता, क्षमता तथा योगदानका आधारमा हुपर्ने उनको अडान रहेको छ । यही अडानले गर्दा उनी पछिल्लो समय निकै लोप्रिय बनेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes