‘यस क्षेत्रको भूगोल, जनताका समस्या बुझेको कारण भोट दिई मलाई जिताउनोस्’ गणेश पोखरेल - Pahilo Online

‘यस क्षेत्रको भूगोल, जनताका समस्या बुझेको कारण भोट दिई मलाई जिताउनोस्’ गणेश पोखरेल

writer

पहिलो अनलाइन

पथरी । मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार गणेश पोखरेलले आफुले निर्वाचन क्षेत्रको भूगोल, जनताका समस्या सवै बुझेको कारण आफू अन्य उमेद्वार भन्दा प्रभावशाली रहेको दावी गरेका छन् । शुक्रबार पत्रकारहरुसंग कुरा गर्दै उम्मेदवार पोखरेलले अन्य ठूला पार्टिका उमेद्वारसँग मतदाताको सिधा पहुँच नहुने बताउदै आफू स्थानिय उमेद्वार हुनु नै आफ्नो जितको मुख्य आधार रहेको बताएका हुन् ।

पोख्रेलले स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा उल्लेखनीय सुधार ल्याउन पहल गर्ने आफ्नो घोेषणा पत्रमा उल्लेख गरेका छन् ।
उनले निर्वाचन क्षेत्र भित्र रहेका पालीकाहरुमा भरपर्दो स्वास्थ्य सेवा प्रदान गरी विराटनगर / धरान जस्ता ठूला सहर जानुपर्ने वाध्यता अन्त्य गर्ने, अभिवाकहरुको बोर्डिङमा हुने खर्चलाई न्यूनीकरण गर्न सामदायिक विद्यालयहरुको पठनपाठन चुस्तदुरुस्त बनाउने, यस अघि बनेका सडकका दुरावस्थालाई मध्यनजर गर्दै अन्तराष्ट्रीय मापदण्ड अनुसार निर्माण गर्ने लगायतको प्रतिबद्धता उल्लेख गरेका छन् ।

साथै उनले युवाहरुमा हुने दुर्व्यसनिलाई न्यूनीकरण गर्दै प्राविधीक ज्ञानमा दक्षता हासिल गराई आत्मनिभर बनाउन पहल गर्ने योजना सुनाए ।
सिँचाई तटबन्धन, खानेपानी जस्ता अति आवश्यक चिजहरुको उचित व्यवस्थापन गर्ने, वनमा हुने राजनितीकरणको अत्य गरी विभिन्न संस्थामा हुने राजनितिक भागबन्डा, टिके प्रथा र महगीको अन्त्य गर्ने, बेमौसमी तरकारी खेतीका लागी एक घर एक टनेलको लागी सहकार्य गर्ने, सरकारका मातहतमा रहेका तर संचालनमा नआएका जस्तैः- साझा सहकारी (मल विउ वितरण गर्ने संस्था) सुन्दरहरैचा नगरपालिका वडा नं. ११ मा रहेको ))) विपी औषधी उत्पादन काराखाना ) फर्मा सुइटिकल) संचालनमा ल्याउन विशेष पहल गर्ने जस्ता विषय आफ्नो प्राथमिकतामा रहने बताएका हुन् ।

यसका अलावा संचालनमा आउन नसकेको पेट्रोल खानी लाई संचालनमा ल्याउन विशेष पहल गर्ने, धार्मीक तथा पुरातात्वीक सम्पदाको खोजी कार्य गरी संरक्षण गर्ने, कृषि योग्य जमिनलाई खण्डीकरण गरी वेचबिखन हुनबाट पुणर् रुपमा रोक लगाइने, जनताका सबैखाले मौलिकहकहरु संस्थागत गर्दै भ्रष्टचारी र ठगीका अबैध सम्पति राष्ट्रियकरण गरिने। भुमिहिन सुकुम्वासी तथा जोखिमपूणर् अव्यवस्थित बसोबासी जनताको सुरक्षीत बसोबास र भुमी मालीक बनाइने, हरेक समुदायको भाषा, संस्कार संस्कृति र धर्म परम्परा प्रति सम्मान व्यवहार गर्दै संरक्षण तथा सम्वर्द्धन गर्न पहल गरिने जस्ता विषय उठाएका छन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes