‘चुतिया’ शब्द प्रयोग गर्दा एमाले नेता कुटिए - Pahilo Online

‘चुतिया’ शब्द प्रयोग गर्दा एमाले नेता कुटिए

writer

पहिलो अनलाइन

मोरङ । एमाले १ नं. प्रदेश सदस्य पर्शु मिश्र मंगलबार अपरान्ह मोरङको पथरी शनिश्चरेको–१ को लुडो चोक पथरीमा कुटपिट भएको छ । मिश्रलाई पथरी उद्योग वाणिज्य संघका महासचिव राजेन्द्र बस्नेतले कुटपिट गरेको प्रत्यक्ष दर्शीहरुले बताए ।

राजेन्द्र बस्नेत गएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट पथरीशनिश्चरे–१ नं. वडा अध्यक्षको उमेद्वार हुन् । बस्नेत एमालेको तर्फबाट बिजेता वडा अध्यक्ष भीमकुमार राईको निकटतम प्रतिद्वन्दी हुन् । सोमबार साँझ राजनीतिक बिषयमा भएको फोन वार्ताको क्रममा मिश्रले बस्नेतलाई अपशब्द बोलेको भन्दै मंगलबार साँझ कुटपिट गरेका हुन् ।

एमाले केन्द्रीय सदस्य युवराज बास्कोटासँग पथरीको लुडो चोक (अन्नपूर्ण बोर्डिङ स्कुल दक्षिण) खुसी होटलमा पुगेका मिश्रलाई हिजो किन ‘चुतिया’ भनेको भन्दै बस्नेतले गाला पड्किने गरी झापट हानेको प्रत्यक्षदर्शीहरुले बताए । बस्नेतले सरासर तीन झापट हानेपछि कुर्सी उठाएर हानेपनि अरुले समाउनुको साथै मिश्र छलिएर टाउकोमा नलागेको बताइएको छ ।

यसरी मिश्रलाई बस्नेतले पिटिरहँदा पथरी यलम्बर चोकका केदार बराल (बोली नआउने) युवाले एमाले केन्द्रीय सदस्य युवराज बास्कोटालाई घोक्य्राइ, मुन्ट्याइ गरेको प्रत्यक्ष दर्शीले बताए । एमालेका कुलमनी गुरुङ, नेपाली कांग्रेसका नगर सचिव सन्तोष कटुवाल, सुविन पराजुली लगायतका युवाहरु घट्ना स्थलमा थिए । सोमबार साँझ नेपाली कांग्रेसका नेता केशव दुलालको फोनबाट पर्शु मिश्रसँग भएको सम्पर्कमा पार्टी प्रवेशको बिषयलाई लिएर मिश्रले बस्नेतलाई ‘चुतिया’ शब्दको प्रयोग गरेको बिषयलाई लिएर कुटपिट भएको हो ।

चुतियाको अर्थ तुच्छ, नीच, निकृष्ट भन्ने हुन्छ । कांग्रेस नेता केशव दुलालले मिश्रलाई गरेको फोन लाउड स्पीकमा राजेन्द्र बस्नेत आफैले सुनेका थिए । श्रोतको अनुसार केशव दुलालले मिश्रलाई फोन सम्पर्क गरेर लाउड स्पीकमा राजेन्द्र बस्नेत एमालेमा प्रवेश गर्ने बिषय राखेका बुझिएको छ । उत्तरमा पर्शु मिश्रले ‘त्यो चुतियालाई एमालेमा ल्याउदैनौ’ बरु दीपक बस्नेत (नेकपा, एस)आयो भने विचार गर्छौ भनेको राजेन्द्र बस्नेत आफैले सुनेपछि कुटपिटको घट्ना भएको बुझिएको छ ।

घट्नाको बिषयमा सम्पर्कको प्रयास गर्दा पर्शु मिश्रको मोवाइल उठेन । केन्द्रीय सदस्य युवराज बास्कोटाले भने घट्नाको अन्तर बस्तु माथि आफूलाई जानकारी नभएको र बोलि नआउने अपरिचित ब्यक्तिले एक्कासी ठेलठाल भने गरेको बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes