मोरङ ३ मा वाम–लोकतान्त्रिक गठबन्धनको अभियान तीव्र - Pahilo Online

मोरङ ३ मा वाम–लोकतान्त्रिक गठबन्धनको अभियान तीव्र

writer

पहिलो अनलाइन

मोरङ । मोरङ ३ नं. क्षेत्रको वाम–लोकतान्त्रिक गठबन्धनको बुधबार मोरङको बेलबारीमा भएको बैठकले चुनावी प्रयोजनको लागि तीन वटा समिति गठन गरेको छ । मोरङ ३ नं. क्षेत्रको तीनै जना उम्मेद्वारलाई जिताउन निर्वाचनमा लाग्ने उदेश्यले कांग्रेस क्षेत्रीय सभापति गणेश खड्काको सभापतित्वमा बैठक बसेको थियो ।

बैठकले कांग्रेस क्षेत्रीय सभापति गणेश खड्काको अध्यक्षतामा १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । जसमा नेपाली कांग्रेस ७, नेकपा माओवादी केन्द्र र नेकपा एसका ५–५ जना प्रतिनिधि रहेका छन् । समितिको सह संयोजक दीपक भट्टराई (माओवादी केन्द्र), चण्डीप्रसाद राई (नेकपा एस), मित्रसेन योञ्जन, राजेन्द्र ढकाल, मानबहादुर लिम्बू, सन्तोष फूयल, तिलकप्रसाद राई, श्रीहाङ राई, लोचन धमला, रञ्जु कटुवाल, नवराज चापागाई, अम्बिका अर्याल, तुलशी ढकाल, भूमि दुलाल, भूपाल बस्नेत, महेश आचार्य गरी १७ सदस्यीय समिति गठन भएको हो ।

त्यसैगरी नेकपा (एस)को पोलिटब्युरो सदस्य हर्कमान तामाङको संयोजकत्वमा ११ सदस्यी उच्च स्तरीय संयुक्त अनुगमन समिति गठन भएको छ । समितिको सदस्यमा डा. देउमान सङ्बाहाङ्फे, लालबहादुर सुस्लिङ, गीता तिम्सिना, महेन्द्र सुवेदी, शिव प्रसाद ढकाल, अरुण सुन्दास, नगेन्द्रप्रसाद जमरकट्टेल, तुलसा याक्खा, लोकप्रसाद संग्रौला र चन्द्रबहादुर गुरुङ रहेका छन् ।

बैठकले नेकपा (माओवादी केन्द्र) असोक दाहालको संयोजकत्वमा २५ सदस्यीय प्रचारप्रशार मूल समिति गठन गरेको छ । समितिमा ने.का. १०, मा.के. ८ र नेकपा एस ७ गरी जम्मा २५ सदस्यीय रहेका छन् ।

समितिको सदस्यहरुमा मानप्रसाद लिम्बू, युवराज भट्टराई, तुलसीजंग कार्की, चन्द्रप्रसाद ढकाल, अर्जुन गिरी, दीपा अधिकारी, प्रेस सेन्टर केन्द्रीय लेखा आयोग सदस्य अर्जुन जम्नेली राई, प्रेस सेन्टर केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ मोरङ उपाध्यक्ष मोहन भट्टराई, नविन राई, दिनेश नेपाल, कुमार मिजार, धर्मप्रसाद जमरकट्टेल, बालकुमार मगर, अताबुल मन्सुर, अर्जुन गजुरेल, राजेशजंग कार्की, उपेन्द्र सुबेदी, देबेन्द्र थापा, हिमप्रसाद तिम्सिना, पर्शुराम कार्की, लोककिरण न्यौपाने, कविता पराजुली र भगवती पौडेल रहेका छन् ।

बैठकले प्रदेस, गाँउ, नगर र वडातहसम्म निर्वचन परिचालन, प्रचारप्रसार र अनुगमन समिति गठन गरिसक्ने र कार्यालय खोल्ने निर्णय भएको छ ।

कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस)को तर्फबाट ३ नं. क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा सुनिल शर्मा (नेका) ३ (क)मा शेखरचन्द्र थापा (नेका) र (ख)मा नेकपा (एस)को लक्ष्मीकुमार श्रेष्ठ चुनावी मैदानमा रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes