सुन्दरहरैंचा मेयर कप वडा स्तरीय फुटसलको तेश्रो संस्करण - Pahilo Online

सुन्दरहरैंचा मेयर कप वडा स्तरीय फुटसलको तेश्रो संस्करण

writer

पहिलो अनलाइन

मोरङ । मोरंगको सुन्दरहरैंचामा संचालन हुँदै आएको सुन्दरहरैंचा मेयर कप वडा स्तरीय फुटसल प्रतियोगिताको तेश्रो संस्करण आगामी  कार्तिक ३ गते बाट आयोजना गरिने भएको छ ।

प्लानेट फुटसलको आयोजन तथा सुन्दरहरैंचा नगरपालिकाको मुख्य प्रयोजनमा कार्तिक ३ गतेदेखि ५ गते सम्म प्लानेट रिक्रियसन सेन्टरको मैदानमा संचालन हुने प्रतियोगितमा प्रथम, दोश्रो र तेश्रो हुने टोलीले क्रमश: रू ५१ हजार, २५ हजार र ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । तेस्तै सान्त्वना हुने टोलीले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताको मुल आयोजक समिति संयोजक समिर बस्नेतले बताउनुभयो ।

तेस्तै सर्बोउत्कृस्ट खेलाडीलाई नगद एक हजार पाँच को साथमा ट्रफी र प्रमाणपत्र, उत्कृस्ट गोलकिपर र उदयीमान खेलाडीलाई नगद एक/एक हजार साथै ट्रफी र प्रमाणपत्र पाउने शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएको छ । प्रतियोगितामा १२ वटै वडाको सहभागिता रहने छ ।

प्रतियोगिता संचालनको लागि २ लाख ९२ हजार खर्च लाग्ने अनुमान गरिएको खेल संयोजक बस्नेतले बताउनुभयो । टिम दर्ता शुल्क रु ५ हजार लाग्ने र प्रत्येक वडाले आफ्ना खेलाडीहरुको नामावली वडा कार्यालयको अधिकारिक पत्रमा उल्लेख गरि पठाउनु पर्ने छ ।

त्यसैगरी सिफारिस गरिएका खेलाडी उक्क्त वडामा स्थायी रुपमा बसोबास गरेको हुनुपर्ने छ । खेल संचालन बिधि अनुसार १२ वटा वडालाई ४ समुहमा बिभाजन गरि प्रत्येक समुहमा ३ टिम रहने छन् । त्यस्तै लिग चरणमा प्रत्येक टिमले २/२ खेल खेल्नुपर्नेछ र लिग चरणबाट प्रत्येक समुहको विजेता र उपविजेता टिम नकआउट चरणमा प्रवेश गर्नेछन ।

पहिलो र दोश्रो संस्करण प्रत्येक बर्ष गरिएपनि बिश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को कारण तेश्रो संस्करण लम्बिएको पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes