पशुपति सामुदायिक वनको साधारणसभा - Pahilo Online

पशुपति सामुदायिक वनको साधारणसभा

writer

पहिलो अनलाइन

शनिश्चरे । मोरङको पथरीशनिश्चरे–१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १२औं वार्षिक साधारणसभा विविध कार्यक्रम गरी सम्पन्न भएको छ । विहीबार समूहको कार्यालय परिसरमा आयोजित एक सभारोहकाबीच साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रदेश नं १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाले समुदायले वन, जंगल, पर्यावरणीय संरक्षण गर्दै पर्यटकीय प्रवर्दनका लागि अघि बढ्नुपर्ने औल्याए । मन्त्री थापाले नेपाल सरकारको एकल प्रयासले मात्रै वन– जंगल तथा पर्यावरण संरक्षण हुन नसक्ने भएकाले स्थानीय समुदायलाई हस्तान्तरण गरिएको बताए । उनले जल, जंगल, जमीन र जनजीवनको अति नै घनिष्ठ सम्बन्ध रहेको भन्दै सामुदायिक वन समुहहरूका गतिविधि सञ्चालन गर्न सुझाउए ।

समुहका अध्यक्ष प्रदिप राईको अध्यक्षतामा सम्पन्न भएको सभामा डिभिजन बन कार्यालय मोरङका प्रमुख अनिरूद्र शाह, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नं. १ का सचिव अग्निप्रसाद पौडेल, सब–डिभिजन वन कार्यालय पथरीका गणेश दाहाल, वडा नं ४ का अध्यक्ष लोककिरण न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

सोहि अवसरमा सामुदायिक वन महासंघ पथरीशनिश्चरेका नगर अध्यक्ष रविन्द्र कुमार राई, भुल्के– पशुपति सामुदायिक वन समूहको अध्यक्ष पदम पाख्रिन, डांस– मोरङ्गी सा.व.उ. समुह अध्यक्ष मदन पोखरेल, मनकामनासा. व. उ. समुहका अध्यक्ष दिनेश राई, सुन्दर सा. व. उ. समुहका अध्यक्ष मानबहादुर पाठक, चौतारी सा. व. उ. समुहका अध्यक्ष टंक कङ्दङ्गवा, शान्ति सा. व. उ. समुहका का. वा. अध्यक्ष हेमभक्त गुरूङ लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा वन संरक्षण महत्वपूर्ण योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरु र फरक क्षमता भएका उपभोक्ता सदस्यहरु र वन कर्मचारीलाई सम्मान गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes