नमुना विद्यालय पञ्चायतमा विदाइ तथा शुभकामना आदानप्रदान - Pahilo Online

नमुना विद्यालय पञ्चायतमा विदाइ तथा शुभकामना आदानप्रदान

writer

भूमिप्रसाद पाठक

भूमिप्रसाद पाठक

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरस्थित प्रदेशकै गौरवको रूपमा रहेको पञ्चायत माविबाट शैक्षिक वर्ष २०७८÷०७९ को परीक्षामा कक्षा १२ उत्तीर्ण विद्यार्थीको बिदाइ र आसन्न बडादशैँलगायत चाडपर्वहरूको सन्दर्भमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य सम्पन्न भएको छ ।

बिहानैदेखि आयोजित विविध सांस्कृतिक कार्यक्रम भएलगत्तै उद्घाटित औपचारिक कार्यक्रमका प्रमुख अतिथि नगर शिक्षा शाखा प्रमुख शालिकराम काफ्ले, विद्यालयका प्राचार्य अर्जुनकुमार बुढाथोकी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष आइताकुमारी राई तुम्बापो, समाजसेवी युवराज बास्कोटा, देवराज भण्डारीलगायत लब्धप्रतिष्ठित व्यक्तित्वहरूले संयुक्त रूपमा दीप प्रज्जवल गरेर समग्र कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

विद्यालयमा पठनपाठन हुने विज्ञान, मानविकी, व्यवस्थापन, ललितकला, कानुन, सिभिल इञ्जीनियरिङ सम्बद्ध ५ सयभन्दा बढी विद्यार्थीलाई विद्यालयले उच्च शिक्षाका लागि बिदाइ गरेको हो । सर्वोत्कृष्ट अंक हासिल गरेर उत्तीर्ण हुने विद्यार्थी विज्ञान संकायका सौरभ बस्नेतलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष आइताकुमारी राई तुम्बापोले नगद सहित सम्मान गर्नुभयो ।

उत्तीर्ण भएर उच्च शिक्षाका लागि तयार विद्यार्थीलाई बधाई र चाडवाडको शुभकामना राख्दै प्रमुख अतिथि उपसचिव काफ्ले, युवराज बास्कोटा, देवराज भण्डारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राई र भूतपूर्व विद्यार्थी समाजका कोषाध्यक्ष टीकेन्द्र पौडेल दिनेशले सारगर्भित सम्बोधन गर्नुभयो ।

सहायक प्राचार्य बिना खालिङ राई, शिक्षकद्वय राजु तिम्सिना र बुद्धिनाथ अधिकारीले विद्यालयको सिकाइविधिको परिस्कृत स्वरुपबारे प्रकाश पार्नेक्रममा पञ्चायत माविले यसबीचमा गरेको प्रगतिप्रति आफूहरूलाई अत्यन्तै हर्षित तुल्याएको जनाउनुभयो । शिक्षक दिनेशकुमार सुवेदीले सञ्चालन गर्नुभएको औपचारिक कार्यक्रमको समापन गर्नेक्रममा प्राचार्य बुढाथोकीले विद्यालय विकासको नयाँ अवधारणास्वरुप साइन्स पार्कको रूपमा रत्न हरित पार्क निर्माण हुन लागेको जानकारी दिनुहुँदै विद्यालय निर्माणकालदेखि विकसित आजको अवस्थासम्म आइपुग्दा जोडिनुहुने सरोकारवाला सम्बद्ध सबैलाई उहाँहरूको उल्लेख्य सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

औपचारिक कार्यक्रमको समापनपछि विद्यालयकै विद्यार्थीको संलग्नतामा विविध भाषाभूषा र झाँकी सहितका सांस्कृतिक कार्यक्रमहरू दिउँसो अबेरसम्म सञ्चालन भइरहे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes