महिला जागृति सामुदायिक वनको साधारणसभा - Pahilo Online

महिला जागृति सामुदायिक वनको साधारणसभा

writer

पहिलो अनलाइन

शनिश्चरे । महिला जागृति सामुदायिक वन उपभोक्ता समूहको १५औं वार्षिक साधारणसभा विविध कार्यक्रम गरी सम्पन्न भएको छ । समूहको कार्यालय परिसरमा सोमबार आयोजित एक समारोहबीच कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सव–डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख मोहमद अलाउद्धिनले समूहलाई राम्रोसंग चलाउनका लागि विधान र कार्ययोजनामा उल्लेख भएको व्यवस्था अनुसार काम गर्न सुझाव दिए । ‘सबै समूहहरुले संघीय वन ऐन २०७६ र वन नियमावली २०७९ को अधिनमा रहेर कार्य गर्नु पर्छ’– उनले भने ‘यदि हामीले त्यसो गरिएन भनें वन ऐन र नियमको विरुद्ध गरेको ठहर्छ र कारवाही हुन्छ ।’

कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका वडा नं. ९ की दलित महिला सदस्य कृष्ण माया नेपाली दर्जी, छिमेकी सामुदायिक वन सिता छधारेका पूर्व अध्यक्ष शान्तिराम खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समूहकी अध्यक्ष चन्द्रकला चेम्जोङको अध्यक्षतामा भएको कार्यक्रममा वन समूहका ४९ वटा टोला प्रमुखहरुलाई दोसल्ला र अविरले सम्मान गरिएको थियो ।

साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समूहका सचिव तुलसीराम श्रेष्ठले वन विकासमा २५ प्रतिशत, विकास निर्माण सहितको सामाजिक काममा ५० प्रतिशत र गरिवी निवारणमा २५ प्रतिशत खर्च गर्नुपर्ने प्रावधानलाई अंगिकार गर्दै स्थानीयको दुःखसुखको सहयात्री बनेको बताए । उनले सामुदायिक वनको कार्यक्षेत्र भित्रका प्रत्येक वर्ष एसईई परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गर्ने गरिब तथा जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरी शिक्षा आर्जन तथा चेतनास्तर उकास्ने कार्यमा प्रोत्साहित गरिएको जानकारी दिए ।
सचिव श्रेष्ठका अनुसार वन समूह उपभोक्ताको मृत्यु भएमा समवेदना पत्र, फलफुल र दाउरा प्रदान गरेर पीडामा मल्हम वन्ने कोसिस गरिरहेको छ ।
कार्यक्रममा समूहकी अध्यक्ष चन्द्रकला चेम्जोङलले वन पैदावर विक्रीबाट आएको आम्दानी मध्ये २५ प्रतिशतबाट आर्थिक विपन्न उपभोक्तालाई जिविकोपार्जनका लागि अचार बनाउने, कम्प्युटर, ड्राइभिङ, सिलाई कटाई जस्ता सिपमुलक तालिमहरु सञ्चालन गर्दै वस्तीलाई आत्मनिर्भर वन्न उत्प्रेरित गरिरहेको बताइन् ।


उपाध्यक्ष रणसिंह राईले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम लेखा सदस्य मुना पाण्डेले सञ्चालन गरेकी थिइन् ।
वि.सं. २०६० सालदेखि विधिवत रुपमा दर्ता भई वन संरक्षण, सम्बद्र्धन र सदुपयोग गर्दै आएको यस सामुदायिक वनका उपभोक्ता घरपरिवार संख्या ५१६ रहेका छन् । यस सामुदायिक वन पूर्वमा सिता छधारे सामुदायिक वन, पश्चिममा राष्ट्रिय वन, ग्रामिणसुधार सामुदायिक वन, उत्तरमा राष्ट्रिय वन, दक्षिणमा ग्रामीण सुधार सामुदायिक वनको सिमाना पर्दछ । उष्ण प्रदेशीय क्षेत्रमा पर्ने यस सामुदायिक वन १ सय ७५ दशमलब ५१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँको वनमा मुख्य प्रजाति साल रहेको छ ।

वन सम्पदाको हैसियत तथा उत्पादकत्वमा क्रमशः सुधार गर्दै सबै सरोकारवालाहरुलाई वन संरक्षण कार्यमा सहभागिता गराई टाढाका उपभोक्ताहरुलाई समेत वन पैदावारको आपूर्ति गर्ने यसको उदेश्य रहेको छ । यस्तै जैविक विविधताको संरक्षण गर्दै गरिवी न्यूनीकरण र सामाजिक विकासमा यसले महत्वपूर्ण भूमिका खेलेको छ ।

यस सामुदायिक वनले हरेक वर्ष बाङ्गाटिङ्गा, रोगी काम नलाग्ने जातका पोल तथा लाथ्राहरु पत्ल्याउने गरेको छ । वन डढेलो नियन्त्रण र सरसफाई अभियानको कार्यक्रम पनि संचालन गर्दै आएको छ । वन हेरालु नियुक्त गरी प्रत्यक्ष गस्तीमार्फत वन संरक्षणको कार्य भइरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes