संविधान दिवसमा विरुवा रोपण - Pahilo Online

संविधान दिवसमा विरुवा रोपण

writer

भीमशंकर घिमिरे (रोशन)

भीमशंकर घिमिरे (रोशन)
विराटनगर । प्रदेश १ सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा रानी देखि बरगाछी सम्म सडकको बिच(डिभाइडर)मा विभिन्न प्रजातिका २३०० विरुवा रोपेर संविधान दिवस मनाएको छ ।
संविधान दिवस २०७९ को अवसर पारेर आयोजना गरिएको कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रीलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रदेश नं. १ आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भएको विरुवा रोपण कार्यक्रममा विराटनगरस्थित सोम्स कलेजका विविएस तथा एसीसीए अध्ययनरत विद्यार्थीहरुको समेत सहभागिता थियो । कार्यक्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राई, आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीलगायत उच्च पदस्थ व्यक्तिहरु, निजामति कर्मचारी, स्काउट, हामी स्वयं सेवी अभियानमा आबद्ध युवाहरु प्नि सहभागि थिए ।

सामाजिक अभियानमा सहभागि हुने बानीले व्यक्ति र समाज दुवै पक्ष लाभान्वित हुने भन्दै विद्यार्थीहरुलाई सहभागि गराइएको कलेजले जनाएको छ । दिनप्रतिदिन बालुवा र कङ्कृटले भरिदै गएको जमिनमा वृक्षारोपण कार्यक्रमले वातावरण सन्तुलन हुनुका साथै स्वच्छ बिराटनगर अभियान समेत सफल हुने हामी स्वयंसेवी अभियानका प्रदेस नं. १ का निर्देशक आर. सि. कोइरालाले बताए ।
बृक्षारोपण कार्यक्रममा सहभागी हुन पाउदा अत्यन्तै खुशी लागेको सुनसरी स्काउट कि सबिना लिम्बुले बताइन् । अन्य कार्यक्रममा सहभागी हुँदा भन्दा बृक्षारोपण कार्यक्रममा सहभागी हुन पाउँदा फरक अनुभुति तथा आनन्द प्राप्त भएको सहभागी स्नातक चौथो वर्शमा अध्ययनरत छात्रा रुपा राउतले बताइन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes