मुडियारी समुदायले जितिया पव॔ धुमधाम सँग मनाए - Pahilo Online

मुडियारी समुदायले जितिया पव॔ धुमधाम सँग मनाए

writer

बाबुराम मुडियारी

बाबुराम मुडियारी

असोज 3 गते / मुडियारी जाती समुदायको जातिय संस्था नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र गाँऊ कमिटी कटहरी ले 2079/6/2,3 गते जितिया पव॔ मोरङ कटहरी गा.पा.वडा नं 1 ,5 ले संयूत रूपमा भौडाहाको जङलटोलमा तथा कटहरी वडा नं 7 डंगटोली लगाएत विभिन्न मुडियारी टोलहरूमा मुडियारी जातिय संस्कार , संस्कृति, परम्परा,रितिरिवाज ,भेषभूषा, कला, बाजागाजा, भाषा, गीत,संगित लगाएत संरक्षण गदै भावी पुस्तालाई हस्तान्तरण गरी मुडियारी जातिय पहिचान लाई लोप हुन नदिन संरक्षण का लागी जितिया पव॔ भव्य , सव्ययताका साथ धुमधाम सँग मुडियारी समुदायहरूले मनाएका छन।

जितिया पव॔मा मुडियारी समुदायका विवाहित महिला हरू जातिय संस्कार परम्परा अनुसार बर्त बसी पुजापाठ गरी सुख शान्ती,उन्नतीप्रगतीको मनकामना लगाएत मनोकामनाहरूका लागी पव॔ मनाऊदै आईरहेको जन विश्वास रहेको छ।

यस समुदायहरू तराईको जिल्लाहरू मोरङ सुनसरी लगाएत कटहरी गा .पा. अन्त॔गत थलाहाको डंङटोली र भौडाहाको जङलटोल तथा झोराटोल , गढी गा.पा.को सतेरझोरा को भवानीपुर टोल, छिटाहा टोल,इनरूवा न.पा.को बर्छवा टोल , रंगेली न.पा. बविया विर्ताको मेजरटोल , नहरटोल,दौलतपुर, बेरबारी न.पा.को बरयातिझारटोल, कानेपोखरी गा.पा.को कारीकोशीटोल,ग्रामथान गा.पा को झोराहाट झंगडाई टोल लगाएत टोलहरूमा मुख्य बसोबास रहेकोछ।

मुडियारी समुदाय आदिवासी भएता पनि आदिवासी जनजातीमा सूचिकृत नभएकोले सूचिकृतका लागी सम्बन्धित सरोकार निकायहरूमा पहल गरीरहेको र अब मुडियारी जाती समुदायको सूचिकरणका लागी मापदण्डहरू पुराभइसकेकोले सूचिकृत को लागी अन्तीम चरणमा पुगेको जातिय संस्थाका केन्द्रिय सचिव सूय॔ नारायण मुडियारीले बताए।मुडियारी समुदायहरू कृषी पेशा लाई मुख्य पेशाका रूपमा जिवन निर्वाह गरिरहेरेको पाइन्छ।

मा प्रकाशित

1 thought on “मुडियारी समुदायले जितिया पव॔ धुमधाम सँग मनाए

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes