बसन्तहरियाली वनद्वारा विभिन्न व्यक्तित्वलाई सम्मान - Pahilo Online

बसन्तहरियाली वनद्वारा विभिन्न व्यक्तित्वलाई सम्मान

writer

पहिलो अनलाइन

जाँते । उत्तरी मोरङ्गको लेटाङ्ग ९ जाँते स्थित बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समुहले आफ्नो २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभा संस्थाको आफ्नै कार्यालय परिसमा सम्पन्न गरिएको थियो ।

सभाको प्रमुख अतिथि नगरप्रमुख भुपेन्द्रकुमार लावतीले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए ।

उक्त साधारणसभाले एसईई परीक्षा २०७८ मा उत्कृष्टता हासिल गर्ने स्थानिय श्री मा. वि.का दुई जना छात्र–छात्रालाई छात्रवृत्ति प्रदान गरी सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा छात्र तर्फ अभिशेक दाहाल (३.२०ग्रेड) र छात्रा तर्फकी नेहारिका गौतम(३.७५ ग्रेड प्राप्त) रहेको संस्थाका कार्यालय सचिव पञ्चरत्न तिम्सिनाले बताए । उनका अनुसार सम्मानित द्वयलाई जनहि नगद एक हजार र सम्मान पत्र प्रदान गरिएको छ ।

यसैगरी सभाले स्थानिय दलित समुदायबाट स्नातकोत्तर उत्तिर्ण साथै विश्वकर्मा जातिमा स्वास्थ्यको स्थिति एवं परिवारनियोजनको अवस्था विषयमा सोधपत्र समेत लेख्ने स्थानिय अर्जुन गदाईलीलाई नगद पाँच हजार र कदर पत्र द्वारा सम्मान गरेको छ ।

उक्त सभामा संस्थाका अध्यक्ष होमनाथ सुवेदीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैक्रममा अध्यक्ष सुवेदीले सभामा ८१ लाख बराबरको आ.व. ०७९÷८० को अनुमानित आय तथा व्यय समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष नरेश पथिकले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमका अवसरमा समूहका अध्यक्ष सुबेदीले वन संरक्षण सम्बद्र्धनका लागि समूहले समयअनुसार अग्नी नियन्त्रण रेखा निर्माण, तार घेराबारा, डढेलो नियन्त्रण सचेतना गोष्ठी एवं वन पथ निर्माण, झाडी सफाई गर्ने गरेको जानकारी दिए ।

यस्तै, विवाह, ब्रतबन्ध तथा पूजा जस्ता सामाजिक कार्यका लागि समूहले सहुलियत दरमा दाउरा उपलब्ध गराउँदै आएको छ । उपभोक्ताको मृत्यु भएमा, अशक्त विरामी, सुत्केरी तथा काजकिरिया गर्नका लागि समेत काठदाउरा उपलब्ध गराएको अध्यक्ष सुबेदीको भनाई छ ।

कार्यक्रममा समूहको भावी कार्यक्रमका बारेमा जानकारी दिंदै अध्यक्ष सुबेदीले विभिन्न संघ संस्थाहरुसंग सुमधुर सम्बन्ध राख्दै समूहका उपभोक्ताहरुलाई आत्मनिर्भर बनाउन महिला तथा युवा वर्गलाई सिपमुलक तालिमको आयोजना गरिने बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes