पथरीशनिश्चरेमा असोज २२ देखि प्रिमियर लिग सिजन –३ क्रिकेट प्रतियोगिता - Pahilo Online

पथरीशनिश्चरेमा असोज २२ देखि प्रिमियर लिग सिजन –३ क्रिकेट प्रतियोगिता

writer

पहिलो अनलाइन

पथरी / मोरङको पथरीशनिश्चरेमा आगामी असोज -२२ गतेदेखि पथरीशनिश्चरे प्रिमियर लिग सिजन -३ अन्तर्गत क्रिकेट प्रतियोगिता हुने भएको छ। शनिबार अपरान्ह पथरीशनिश्चरे प्रिमियर लिग आयोजक कमिटीले मनोहर होटल एण्ड पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी सोको जानकारी दिएको हो।

पथरीशनिश्चरे प्रिमियर लिग सिजन -३ क्रिकेट प्रतियोगिता असोज -२२ देखि कार्तिक ६ गतेसम्म पथरीशनिश्चरेको नगर रङ्गशालामा लिग, प्लेअफ र फाईनल खेलहरू हुनेछन्। नगर क्षेत्रमा रहेका नयाँ क्रिकेट खेलाडीहरूको क्षमता विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने उक्त प्रतियोगितामा ८ टिमले सहभागीता जनाउने भएका छन्।

नगरभित्रका खेलाडीहरूले अक्सनको माध्यमबाट टिममा अनुबन्धित हुनेछन्। प्रत्येक टिमले १४ देखि १६ जनासम्म खेलाडीहरूलाई खरिद गर्नका लागि ४० हजारका दरले रकम उपलब्ध गराइने प्रिमियर लिग सिजन -३ का सचिव राकेश राईले जानकारी दिनुभयो। प्रतियोगिताको प्रथम टिमलाई १ लाख ११ हजार १११ रूपैयाँ तथा दोस्रो टिमलाई ५५ हजार ५५५ रूपैयाँ नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, प्रतियोगिताका अनुशासित टिम तथा उत्कृष्ट व्याटर, वलर, क्षेत्ररक्षक र उदयमान खेलाडीलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ। प्रतियोगितामा नगरक्षेत्रभित्रका ८ वटा टिमले सहभागिता जनाउने उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

जसमा प्रत्येक टिमले सहभागिताका लागि १० हजारका दरले शुल्क बुझाउने छन् भने नगरपालिका कार्यालयसमक्ष खेलकुद क्षेत्रको विकासका लागि आवश्यक रकम माग गरिने प्रिमियर लिग सिजन -३ का अध्यक्ष अरूण राईले बताउनुभयो। सोहि अवसरमा अध्यक्ष राईले खेल प्रायोजन (‘टाईटल स्पोन्सर) ‘का लागि पनि नगरभित्रका विभिन्न संघ – संस्थाहरूलाई आव्हान गरेका छन्।

प्रतियोगितामा सात बाघ(वडा नं ७), मंगलबारे लिजेन्ट ( वडा नं १०), हिसाब किताब ट्राईडेन्ट (वडा नं १), विरेन्द्रनगर स्टिल टाइगर्स (वडा नं ३), बुद्ध युनाइटेड ( वडा नं २), क्लासिक ११ हसन्दह ( वडा नं ५र ६) र आइतवारे क्लब ( वडा नं ३) ले सहभागिता जनाउने भएका छन्। उक्त अवसरमा आयोजक कमिटीका कोषाध्यक्ष पुकार राई , सदस्यहरु क्रमशः विरोज मगर ,धन बहादुर कार्की, राकेश दहाल लगायतको उपस्थिति रहेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes