जितिया पर्व सम्बन्धि गीत सार्वजनिक - Pahilo Online

जितिया पर्व सम्बन्धि गीत सार्वजनिक

writer

विद्यानन्द चौधरी

विद्यानन्द चौधरी

कानेपोखरी । थारुमहिलाहरुको महान पर्व जितियाको अवसर पारेर थारु समाजका गायक तथा कलाकार कुलदिप चौधरीको थारु जितिया गीत उहाकै केपी एस नेपाल युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।

यस गित मार्फत थारुजातीमा रहेको कुरीती जस्तोकी विवाह पछी सन्तानको आशा हुन्छ घर परिवारलाई, तर त्यो आशा बुहारीले पुरा गर्न नसक्दा परिपारबाट हेला भएको गित मार्फत देखाइएको छ । जव जितिया वर्त लिदा जित महानले सबै इच्छा पुरा गरेको छ । साथै यो पर्वमा आफ्नो जन्म घर आउने अवसर पाउने आमा बुवा तथा घर परिवार सँग सुख दुख साट्ने पर्वमा मनोरञ्जन दिन गीतले सहयोग गरेको छ ।

जितियाको महत्व धार्मिक तथा परम्परालाई जगेर्नाकोसाथै उजागर गर्ने उद्देश्यले चौधरीले यो गित सार्वजानिक गरेका हुन् । समाजमा देखिएका कुरीति, महिलाले महिलालाई गर्ने अवहेलनालाई चिर्दै सदैव संस्कार संस्कृति जोगाई राख्न गीतको माध्यमबाट देखाइएको छ । साथै घर परिवार बाल वच्चाकोलागी यो व्रत लिने गरिएको छ ।

गितको रचना र सङ्गीत भने कुलदिप चौधरीकै रहेको छ भने सानुमाया र कुलदिप चौधरीको सु मधुर आवाजमा गाइएको छ । यसैगरी, पारसमणी यादवले एरेन्ज गरेका छन् भने चर्चित मोडेल नवीन चौधरी, सरोज चौधरी र सुजु, मनीषा चौधरी र आशीका खवासको नृत्य रहेको छ । आस चौधरीको डाइरेक्सन र अवद नारायण राजबशीको मेकअप रहेको गीतमा मेगा मिडियाले भिडियो मिक्सिङ्ग गरेको छ । क्यामरा र ड्रोनभने सावन चौधरीले गरेका छन् । यस भिडियो निर्माणका निम्ति महालक्ष्मी महिला समूह किर्तनिया मण्डलीले समेत साथ सपोट गरेको जानकारी गितका रचना र सङ्गीतकार कुलदिप चौधरीले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes