राई पत्रकार संघ मोरङमा नयाँ नेतृत्व - Pahilo Online

राई पत्रकार संघ मोरङमा नयाँ नेतृत्व

writer

पहिलो अनलाइन

मोरङ । किरात राई पत्रकार संघ मोरङको तेर्स्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा बिजय खम्बू राई लगायतको समिति सर्बसहमत चयन भएका छन् ।
आज पथरीशनिश्चरे १ स्थित मनोहर होटल एण्ड पार्कमा भएको सम्मेलनबाट उपाध्यक्ष हिमाल राई, सचिबमा संगीता राई, सहसचिवमा कबिता राई र सहकोषाध्यक्षमा पबित्रा राई चयन भएका हुन ।
सदस्यहरुमा शुसिला राई, असिम राई, अविशेक बान्तावा किराँती र सम्झना राई सर्बसहमत निर्वाचित भएका हुन् ।
सम्मेलन आयोजक समितिको संयोजक नारायण राईको सभापतित्वमा र सचिव लक्षणा राईले सञ्चालन गरेको कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, किरात राई पत्रकार संघको केन्द्रीय सहसचिव शन्तोष राई, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समिति सदस्य अर्जुन कुलुङ राई लगायतले शुभकामना दिएका थिए ।
किरात राई पत्रकार संघको राष्ट्रिय सम्मेलन यही भदौ २८ र २९ गते काठमाडौमा हुँदैछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes