कानेपोखरी महोत्सवमा राष्ट्रिय कलाकारले मनोरञ्जन दिने - Pahilo Online

कानेपोखरी महोत्सवमा राष्ट्रिय कलाकारले मनोरञ्जन दिने

writer

पहिलो अनलाइन

 

कानेपोखरी । मोरङको रमाइलोमा कानेपोखरी महोत्सव २०७९ आयोजना गरिने भएको छ । रमाइलो युवा क्लब, कानेपोखरी व्यापार संघ, लायन्स क्लव अफ कानेपोखरी र रमाइलो जेसीजको संयुक्त आयोजनामा महोत्सव आयोजना गर्न लागिएको हो ।

भदौ १२ बेलुका ५ बजे कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले उद्घाटन गर्ने महोत्सव १५ दिनसम्म सञ्चालन हुनेछ ।

आयोजकले बुधबार रमाइलोमा पत्रकार सम्मेलन गरेर महोत्सवका विषयमा जानकारी गराएको छ । आयोजक रमाइलो युवा क्लबका अध्यक्ष नविन पौडेलेका अनुसार शैक्षिक, कृषि एवम् पर्यटन प्रबद्र्धनमा कानेपोखरी महोत्सव भन्ने नारा तय गरिएको छ । ‘महोत्सव अवधिमा विज्ञानका विद्यार्थीका लागि छुट्टै स्टल राखिनेछ’– अध्यक्ष पौडेलले भने ‘त्यो स्टल निःशुल्क राखिनेछ र त्यहाँ हरेक दिन हात्तीसार क्याम्पस, मनमोहन पोलिटेक्निक, मदन भण्डारी स्मृति प्रतिष्ठान एवं पथरीको पञ्चायत मावि विज्ञानका विद्यार्थीले नयाँ नयाँ प्रविधिलाई प्रदर्शन गर्नेछन् ।’ त्यस्तै महोत्सवमा कृषि उपकरणको, ब्यापारिक स्टल समेत राखिने उले बताए ।


महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, स्थानीय उत्पादन तथा कृषी प्रदर्शनी मुख्य आकर्षणको रुपमा रहने छन् । जसमा मेलिना राई, सुगम पोखरेल, ज्योति मगर, रेखा थापा सहित स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाइएको छ ।

हरेक साँझ कलाकारहरूले सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने मेलाबाट उठेको पैसाले एकै स्थानमा चार वटा कार्यालय अट्ने सामाजिक ग्राम निर्माण गर्ने उद्देश्य राखिएको छ । राजेश कार्कीले स्वागत भाषण गरेको पत्रकार सम्मेलनमा कानेपोखरी जेसीजका अध्यक्ष त्रिभुनाथ (सन्तोष) फुयल, कानेपोखरी व्यापार संघका अध्यक्ष डिल्ली फुयल, लायन्स क्लब अफ कानेपोखरीका अध्यक्ष चरण गुरुङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम एविन्द्र पाठकले सञ्चालन गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes