भुल्के पशुपति सामुदायिक वनको ११औं वार्षिक साधारणसभा भव्य - Pahilo Online

भुल्के पशुपति सामुदायिक वनको ११औं वार्षिक साधारणसभा भव्य

writer

पहिलो अनलाइन

शनिश्चरे । पथरीशनिश्चरे–१० स्थित भुल्के पशुपति सामुदायिक वन उपभोक्ता समूहले विविध कार्यक्रम गरी ११ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार कार्यालय परिसरमा कार्यक्रम आयोजना गरेको हो ।

साधारणसभाका अवसरमा समूहले कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने विपन्न वर्गका २५ जना छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको थियो । सो अवसरमा वन संरक्षणमा विशिष्ट योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । जसमा सव–डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख तुलसीलाल यादवलाई सम्मान गरिएको थियो । यादवलाई कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, विशिष्ट अतिथि फेकोफन प्रदेश सचिव अग्निप्रसाद पौडेल, जिल्ला महासंघ मोरङका अध्यक्ष रामकृष्ण राई, कार्यक्रमका अध्यक्ष पदम पाख्रिङ तामाङलगायतले दोसल्ला र प्रसंसापत्रले सम्मान गरेका थिए । वार्षिक साधारणसभाका अवसरमा स्थानिय तह निर्वाचनमा वडा सदस्यमा निर्वाचित समूहकी सचिव मिना योञ्जनलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमका अवसरमा समूहकी सचिव मिनाकुमारी तामाङले तत्कालिन जिल्ला वन कार्यालय मोरङमा वि.सं. २०७३ असार १० गते विधिवत दर्ता भई सञ्चालनमा रहेको भुल्के पशुपति सामुदायिक वनले ४ सय घरपरिवारलाई काठ दाउरा तथा वन पैदावर उपलब्ध गराउँदै आएको जानकारी दिइन् । सचिव तामाङका अनुसार भुल्के पशुपति सामुदायिक वन उपभोक्ता समूहले १ सय ७४ दशमलब ८११ हेक्टर रहेका साल, कर्मा, बो.ध., बर्रो, राजवृक्ष, अस्ना, जमुना, साधन जातका रुख विरुवाको संरक्षण र सम्बद्र्धन गर्दै आएको छ ।

समूहले २ जना वन हेरालु र एक जना चौकीदार नियुक्ति गरेर नियमित रुपमा वन संरक्षण र चोरी तस्करी नियन्त्रण गरिरहेको छ । वन संरक्षणका सम्बद्र्धनका लागि समूहले समयअनुसार अग्नी नियन्त्रण रेखा निर्माण, तार घेराबारा, डढेलो नियन्त्रण सचेतना गोष्ठी एवं वन पथ निर्माण, झाडी सफाई, विरुवा उत्पादन गरि रोपण गर्ने गरेको सचिव तामाङले जानकारी दिइन् ।

यस्तै, विवाह, ब्रतबन्ध तथा पूजा जस्ता सामाजिक कार्यका लागि समूहले सहुलियत दरमा दाउरा उपलब्ध गराउँदै आएको छ । उपभोक्ताको मृत्यु भएमा, अशक्त विरामी, सुत्केरी तथा काजकिरिया गर्नका लागि निःशुल्क दाउरा उपलब्ध गराएको सचिव तामाङको भनाई छ ।

कार्यक्रममा समूहको भावी कार्यक्रमका बारेमा जानकारी दिंदै अध्यक्ष पदम पाख्रिङले विभिन्न संघ संस्थाहरुसंग सुमधुर सम्बन्ध राख्दै अन्य समूहले गरेका राम्रा कामको अनुकरण गर्न अन्तरसमूह अवलोकन भ्रमण गरिने बताए । यस्तै समूहको घाटगद्दि उत्तरको सिमसार क्षेत्रलाई संरक्षण गर्दै पर्यापर्यटनको विकास गर्ने योजना रहेको अध्यक्ष तामाङले सुनाए । उनका अनुसार सिमसार क्षेत्रमा पाछा पोखरी, पानीको रिचार्ज सेन्टर निर्माण गरी किसानलाई सिंचाईमा उपयोग गर्ने वातावरण सिर्जना गर्ने लक्ष रहेको छ ।

समूहका उपभोक्ताहरुलाई आत्मनिर्भर बनाउन महिला तथा युवा वर्गलाई सिपमुलक तालिमको आयोजना गरिने अध्यक्ष तामाङको भनाई छ । समूहको प्रत्येक टोल भेला गरी गाउँमा स्वास्थ्य तथा सरसफाई सचेतना कार्यक्रम सञ्चालन गर्ने समूहको योजना रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes