`त्यहिँ काममा निरन्तर लाग्दा चाहिँ सफलता मिल्दो रहेछ´ - Pahilo Online

`त्यहिँ काममा निरन्तर लाग्दा चाहिँ सफलता मिल्दो रहेछ´

writer

पहिलो अनलाइन

दीपेन्द्रराज तिम्सिना –लेखक, संकलक र प्रकाशक
दीपेन्द्रराज तिम्सिना मोरङको पथरी शनिश्चरे नगरका लागि नौलो नाउँ होइन । पथरी शनिश्चरे नपा वडा नं. १०, जिरिखिम्ती निवासी स्थायी बासिन्दा हुन् तिम्सिना । व्यापार–व्यवसायमा संलग्न रही २०५८ देखि ०६३ सम्म धरानबाट प्रकाशित ब्लाष्ट टाइम्स् दैनिकमा उत्कृष्ट संवाददाताको रुपमा कार्यसम्पादन गरिसकेका छन् दीपेन्द्रले । विगत १ दशकदेखि किताव लेखन, संकलन र प्रकाशकका रुपमा सक्रिय उनले ‘टेलिफोन डायरी २०६८’ देखि पछिल्लो पुस्तक ‘मोरङका जनप्रतिनिधि संगालो २०७९’ निकाल्न अहोरात्र खटिनुभएका तिम्सिनाले ९ वटा पुस्तक प्रकाशन गरिसकेका छन् । यिनै विषयवस्तु र पेरिफेरीमा रहेर लेखक तिम्सिनासँग गरिएका संवादका प्रमुख अंशहरू–:
आजकाल के गर्दै हुनुहुन्छ ?
–उही त हो नि ! किताब निकाल्नतिर लागेको छु । सबै पाठकको हातहातमा थमाउन कहिले प्रेस र कहिले संकलन गर्ने कार्यमा अभ्यस्त छु ।
किताव लेखन, संकलन र प्रकाशन गर्दै हुनुहुन्छ नि ! कस्तो अनुभूति गर्नुभएको छ ?
– हेर्नुस्– किताब निकाल्न पक्कै पनि गाह्रो हुन्छ नै । डाटा संकलन गर्न जानुपर्छ, सम्बन्धित व्यक्तिलाई भेट्नुपर्छ । कहिले भेट हुँदैन । कहिलेकाहिँ भेट गर्न गाह्रो हुन्छ । पटकपटक धाउनुपर्छ । एउटा किताब बनाउन त्यति सजिलो छैन । यो काम चानचुने होइन । किताब लेखन, संकलन र प्रकाशनको काम अत्यन्तै गाह्रो काम हो । त्यहिँ काममा निरन्तर लाग्दा चाहिँ सफलता मिल्दो रहेछ ।
किताव प्रकाशनको आर्थिक अवस्थालाई कसरी जोहो गर्नुहुन्छ ?
–किताव प्रकाशन गर्दा समस्या पर्छ । सबभन्दा पहिला प्रेसमा एकमुष्ट पैसा बुझाउँदा ऋण काडेर बुझाएको छु । प्रेसको छपाइँ खर्च स्वयंले व्यहोरोको छु । अहिलेसम्म किताब छपाउँदा मलाई ऋण नै परेको छ । धेरै दुःखका साथ मैले किताव छपाएको छु । यो समस्या मलाई मात्र थाहा छ । मेरो बलबुत्ताले भ्याएसम्म किताब निकालेको छु, निकाल्ने प्रयत्नमा छु ।
यस्तो दुःख गरेर पनि प्रतिफल प्राप्त गर्ने आशा कत्तिको राख्नुभएको छ ?
–दुःखको प्रतिफल, नाफा वा घाटाभन्दा पनि मैले छपाएको कितावको लगानी उठोस् भन्ने हो । यसमा पनि भोलि गएर भावीपुस्ताका लागि मैले तयार पारेको दस्तावेज पाठ्यसामाग्री बन्छ भन्ने हो । देश र समाजका लागि केही होस् भन्ने चाहना पनि हो । अहिलेका प्रकाशन आउँदो पुस्ताका लागि प्रमाण हो । मभित्र किताव बनाउने र समाजका लागि उत्प्रेरणा दिन चाहने हो । यसर्थ, यसमा म पूर्णतः सन्तुष्ट छु ।
सम्बन्धित पालिकाबाट के कस्तो सहयोग पाउनुभएको छ ?
–पालिकाबाट साथ सहयोग पाएकै छु । यसमा ‘मोरङका जनप्रतिनिधि संगालो २०७९’ को प्रकाशनबाट सहयोग पाउने आशा गरेको छु । त्यस्तै अन्य १७ वटा पालिकाबाट पनि सहयोग पाउने अपेक्षा लिएको छु ।
‘मोरङका जनप्रतिनिधि संगालो २०७९’ निकाल्नुको औचित्य के हो ?
–‘मोरङका जनप्रतिनिधि संगालो २०७९’ निकाल्नु भनेको यहाँको ऐतिहासिक दस्तावेज तयार पार्नु हो । यसले समयक्रममा दस्तावेजको काम गर्छ भन्ने लाग्छ । यसमा पनि मोरङमा २०१५ सालदेखि २०७४ सालसम्मका निर्वाचित सांसदहरू, २०४९ सालदेखि ०७९ सालसम्मको निर्वाचित जनप्रतिनिधिको डाटासहितको सामाग्री प्रकाशित नभएकोले यसको गहिरो खोज अनुसन्धान गरी प्रकाशन गरेको छु ।
तपाईले ६३ वर्ष जेसिस दस्तावेज ऐतिहासिक पुस्तक तयार गर्नुभएको छ नि ! यो कस्तो दस्तावेज हो ?
–१ सय ६१ वटा जेसिस शाखाको संस्थापक अध्यक्षदेखि सन् २०२१ सम्मका अध्यक्षहरू समावेश यस पुस्तकमा छन् । त्यसैगरि नेपाल जेसिसका संस्थापक अध्यक्षदेखि सन् २०२१ सम्मका राष्ट्रिय अध्यक्षहरू, उपाध्यक्षहरू र कार्यकारिणी उपाध्यक्ष सहित जेसिसअाई विश्वका संस्थापकदेखि सन् २०२१ सम्मका विश्वका अध्यक्षहरूको बारेमा समाविष्ट यस दस्तावेजमा समेटिएको छु ।
अन्त्यमा केही भन्नु छ ?
–वर्तमान अवस्थामा खोज अनुसन्धान गर्ने कार्य घटेको छ । हामीले यस्ता खोजिका दस्तावेज बनाउन सके भोलिको पुस्तालाई इतिहास बुझ्न सरल र सहज नै हुन्छ । त्यसमा वर्तमान तथ्यांकहरूमा अहिले विकासमा पनि टेवा पुग्छ । स्थानीय तहहरूलाई यस्ता तथ्यांक अत्यन्तै महत्त्वपूर्ण दस्तावेजहरू रहन्छन् । मेरा विचारहरू सम्प्रेषण गरिदिनुभएको हार्दिक धन्यवाद ! प्रस्तुति : भूमिप्रसाद पाठक

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes