कीर्तिपुरमा पथरीशनिश्चरे नगरको भवन निर्माण गर्न प्रस्ताव - Pahilo Online

कीर्तिपुरमा पथरीशनिश्चरे नगरको भवन निर्माण गर्न प्रस्ताव

writer

पहिलो अनलाइन

पथरीशनिश्चरे । पूर्वोत्तर मोरङ्गको पथरीशनिश्चरे नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणका लागि भवन निर्माण पहल समिति किर्तिपुरले प्रस्ताव गरेको छ। हिजाे आइतबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै वडा नं ४,५,६ र ७ को सीमानाको संगम स्थलमा १ विगाहा १० कठ्ठा क्षेत्रफलमा नि:शुल्क उपलब्ध गराउने उक्त समितिले जानकारी दिएको हो।

उक्त भवन निर्माणका लागि पहल समितिमार्फत वडा नं ७ का श्रीप्रसाद ढुंगानाले-१७ कठ्ठा, कुमार लिम्बुको परिवारबाट ५ कठ्ठा जग्गा नि:शुल्क प्रदान गरेका हुन् भने २ कठ्ठाका दरले नि:शुल्क जग्गा उपलब्ध गराउने क्रमशः सोहि वडाका उमेश जंग थापा, तिल विक्रम दर्लामी, प्रेम बहादुर धिमाल, तेजबहादुर बस्नेत रहेका छन् भने १/१ कठ्ठाका दरले जग्गादान गर्नुहुने जग्गादाताहरूमासरोज रिजाल, विकास लिम्बु, चन्द्र कुमार केसी, नरेन्द्र थापा तथा मीन कुमार धिमालले आधा कठ्ठा क्षेत्रफल जग्गा निःशुल्क प्रदान गरेका छन्।

पथरीशनिश्चरे नगरपालिकाको हालसम्म आफ्नो निजी प्रशासकीय भवन निर्माण नभएका कारण वडा नं १ स्थित पथरी बजारमा भाडामा संचालन भैरहेको छ। विगत ५ वर्षे कार्यकालमा पनि भवन निर्माण गर्न नसकेका कारण पथरीशनिश्चरे नगरपालिकाले आफ्नाे दैनिक कार्य सम्पादन गर्न र सेवाग्राहीलाई उचित सेवा पुयाउन समस्या भैरहेको थियो । सोहि समस्यालाई मध्यनजर गर्दै कीर्तिपुर बजारको पूर्वतर्फको समथर १ विगाह १० कठ्ठा नम्बरी जमिन निशुल्क उपलब्ध गराएको हो ।

उक्त भवन निर्माणमा पहल गर्ने निर्णय गरी पहल गरिरहेको जानकारी गराईएको थियो। साथै, उक्त कार्यक्रममा कीर्तिपुरमा नगरपालिकाको भवन बनाउनु पर्ने आधारहरु बुँदागत रुपले उल्लेख गरिएको थियो । पूर्व पश्चिम राजमार्गदेखि ७ किलोमिटर दक्षिणमा अवस्थित उक्त किर्तिपुर बजार क्षेत्रमा पर्ने सो प्रस्तावित जग्गा नगरपालिकाको मध्यभागमा रहेको दावी गरिएको छ। प्रस्तावित जग्गादेखि ७ किलोमिटर पूर्वमा बक्राखोला र मौलिबारी रहेको छ भने पश्चिममा डाँसखोला, झोलुङ्गे पुल ७ कि.मि छ । यसैगरी, उत्तरमा पथरी हाइवे ७ कि.मि., दक्षिणमा अमरदह ७ कि.मि.रहेको उल्लेख छ। संघियता र विकेन्द्रिकरणको सिद्धान्त अनुरुप पछि परेको क्षेत्र र स्थानको विकास, उन्नति र समृद्धिको लक्ष्य राखिएको उक्त पहल समितिले चौतर्फी कालेपत्रे बाटो रहेको जनाएको छ।

प्रस्ताव गरिएको उक्त जग्गा उत्तर-दक्षिण बुद्धमार्ग र पूर्व-पश्चिम ३३ फुटे कालेपत्रे सडक प्रदेश सरकारले निर्माण गरिएको छ । पथरी शनिश्चरेको मध्यभाग समेटेको र आवागमन सहज र सुलभ रहेको दावी सहित भवनको निर्माण पहल गरिरहेको पहल समितिका संयोजक उमानाथ अधिकारीले जनाएका छन् । सो अवसरमा साविक पथरी, शनिश्चरे र हसन्दह गा.वि.स. मध्यें दक्षिणमा अवस्थित हसन्दहको भूभागलाई समेत समेट्ने दावी गरिएको छ।

नगरपालिका भवन निर्माणका लागि आवश्यक हुने १ विगाह १० कठ्ठा नम्बरी र विवादरहित जमिन अहिले नि:शुल्क उपलब्ध गराइने र आवश्यक परेमा थप जमिन उपलब्ध गराउन सकिने पहल समितिका संयोजक अधिकारीले बताएका छन्। उक्त अवसरमा वडा नं ३का वडाध्यक्ष बिजय लिम्बू , वडा नं ४ का वडाध्यक्ष लाेककिरण न्याैपाने , वडा नं -५ का चेतन खड्का, वडा नं ६ का कृष्ण बस्नेत, वडा नं ७ का वडाध्यक्ष उद्ववराज बस्नेत, वडा नं -८का वडाध्यक्ष नवीनजंग कार्की सहितले आ आफ्नो धारणा राख्नु हुँदै अब बस्ने कार्यपालिकाको बैठकमा प्रशासनिक भवन निर्माणका विषयमा गहन र घनीभूत छलफल गर्ने जनाएका थिए।

उता,कार्यक्रममा वडा नं १ ,२ , ९ र १० का वडाका वडाध्यक्षहरूको उपस्थिति रहेको थिएन। वडा नं १० ले अहिलेको भुटानी शरणार्थीहरू बसोबास गर्दै आएको सरकारी वन क्षेत्रमा उक्त प्रशासनिक भवन निर्माणका लागि पहल गरी जग्गाको खोजी गरीरहेको छ भने वडा नं ९ ले वडा कार्यालयले ओगटेको जमीन र छेउमा रहेका जग्गाधनीबाट गरी कुल १८ कठ्ठा क्षेत्रफल प्रस्ताव गर्ने तयारी गरिरहेको बताइएको छ। यसैगरी, वडा नं १ र २ ले भने हाल संचालन भैरहेको पथरी बजार नजिकै जग्गा उपलब्ध गराउने जग्गादाता खोजी गरी रहेको जनाइएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes