शनिश्चरे । पथरीशनिश्चरे वडा नं ४, ६ र ८ का क्रियाशिल युवाहरुको भेलाले तीनवटै वडाको केन्द्र कुशलचोकमा समाजका अगुवा समाजसेवी रामप्रसाद निरौलाको अध्यक्षतामा १३ सदस्यीय ‘कुशल युवा समाज’ गठन गरेको छ ।
भेलाबाट युवा समाजको उपाध्यक्षमा सुजन चापागाईँ, सचिवमा थिर प्रसाद आचार्य, सह–सचिवमा अनुप राई र कोषाध्यक्षमा दुर्गा दाहाल चयन भएका छन् । यसैगरी, समितिको सदस्यहरुमा रेजिना ढुङ्गाना, सम्झना राई, मच्छिन्द्र लिम्बु, सन्तोष लावती, बल बहादुर राई, पुनम खतिवडा, उमेश कार्की र राम श्रेष्ठ रहेका छन् ।
युवाहरुको भेलाले सुरेन्द्र चापागाई संयोजक रहने गरी एक सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा सोमनाथ आचार्य, सुवास ठकुरी, अमर लावती र रविन मगर सदस्य रहेका छन् ।