शान्ति स्तुपा निर्माणका लागि आजदेखि शिव महापुराण - Pahilo Online

शान्ति स्तुपा निर्माणका लागि आजदेखि शिव महापुराण

writer

भूमिप्रसाद पाठक

पथरी । पथरी शनिश्चरे नपा वडा नं. २ देवीगञ्जस्थित स्वामी निर्विशेषानन्द स्मृति प्रतिष्ठानको आयोजनमा ११ दिवसीय शिवमहापुराणको आज औपचारिक शुभारम्भ भएको छ ।

नगर प्रमुख मोहनप्रसाद तुम्बापो र उपप्रमुख देवीमाया काफ्ले, १ नं. वडाध्यक्ष भीमकुमार राईं, २ नं. वडाध्यक्ष नैना राईंलगायत जनप्रतिनिधि र स्थानीय समाजसेवीको समोपस्थितिमा सम्पन्न शिवमहापुराणको पहिलो चरणको समोद्घाटनसत्रले संस्थागत उद्देश्यलाई सार्वजनिक गर्न निकै ठूलो मद्दत गरेको छ ।

बिहान स्थानीय दिदीबहिनीहरूको सक्रियतामा सम्पन्न १०८ कशलयात्रा सहितको शहर परिक्रमापछि आयोजित कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष समाजसेवी नेत्रप्रसाद दाहालले गर्नुभएको थियो । देशका सुविख्यात कथावाचक र सहवाचकको रसमय प्रवचनमा सम्पन्न हुने एकादश दिवसीय कार्यक्रमको आरम्भको यो सन्दर्भमा १ र २ वडाध्यक्षलगायत समाजसेवी युवराज बास्कोटा र देवराज भण्डारीले सम्बोधन गर्नुभएको थियो ।

समाज धर्म र यसको धारणको नाउँमा खण्डित हुँदै गएको बेला एउटा अत्यन्तै उर्बर सम्भावना भएको युवाले प्रतिष्ठान परिसरमा हरिहर मन्दिर भवन निर्माण गर्ने, बुद्ध शान्ति स्तुपा निर्माण गर्ने, औषधीजन्य वनबाटिका निर्माण गर्ने र नादर–नर्मदा स्मृति ज्येष्ठ नागरिक सुरक्षा भवन निर्माण गर्ने उद्देश्यका साथ आयोजित शिव महापुराणको पूर्वसन्ध्यामा वक्ताहरूले यसको जमेर प्रशंसा गरेका छन् । बराणसीबासी सुप्रसिद्ध पण्डित श्री नरेश भागवतोपासक र श्री रोशन दाहालका मुखाबिन्दबाट हुने कथा एकादश दिवसीय सन्दर्भले यहाँको पूर्वाधार विकास र भौतिक निर्माणको क्षेत्रमा राज्यले गर्नुपर्ने शान्ति स्तुपा निर्माणलगायत कतिपय काम प्रतिष्ठानले गर्ने भएकोमा खुशी व्यक्त गर्दै निर्विशेषानन्द स्वामीको यो दृढ निश्चयी योजना र संकल्पको सराहना गर्नुभयो ।

आध्यात्ममार्फत समाजसेवामा लाग्नुभएका युवा उमेरका स्वामी निर्विशेषानन्द योगदानको प्रशंसा सहित उहाँले यसमा सगर्व हातेमालो गर्न समाजसेवी बास्कोटाले सार्वजनिक रूपमा अपील गर्नुभयो ।

कार्यक्रममा स्वामी निर्विशेषानन्द प्रतिष्ठानले अघि सारेका कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै २ नं. वडाध्यक्ष राईं आफ्नो परिवारको धार्मिक विरासतको स्मरणमा प्रतिष्ठानलाई ५० हजार बराबरको नगद सहयोग गर्ने बाचा गर्नुभयो भने नगर प्रमुख तुम्बापो नगरको संस्कृति पर्यटन क्षेत्र विकास प्रर्वधन गर्ने नीतिगत योजनाभित्र प्रतिष्ठानसँग विषयगत सहकार्य गर्ने उद्घोष गर्नुभयो ।

विद्वान् पुण्यप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यक्रममार्फत सहभागी प्रमुख अतिथि, अतिथि, स्थानीय प्रबुद्धवर्ग, शिक्षक, बुद्धिजीवीलगायत सम्पूर्ण धर्मानुरागी समुदायलाई स्वामी निर्विशेषानन्दले संस्थाको सर्वजन हिताय सर्वजन सुखाय उद्देश्यमा आधारित विषयमा सहकार्यको अपील सहित स्वागत अभिनन्दन गर्नुभएको थियो ।

मा प्रकाशित

1 thought on “शान्ति स्तुपा निर्माणका लागि आजदेखि शिव महापुराण

  1. अत्यन्तै राम्रो छ यसको प्रभावले समाज परिवर्तन गर्न सकिने छ भाबि पिढीको लागि अझ राम्रो हुने छ। आफ्नो ठाउँ को नाम सुबास चलने छ। अध्यात्म यो ग ध्यान प्रति सबै को मन मस्तिष्क मा बस्ने छ साथै सबै को कल्याण हुने छ । सबै जना ले यस लाई हाते मालो गर्नु ुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुु्होला।

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes