कप्युनिष्ट र कांङ्ग्रेसले शासन गरेको ३२÷३३ वर्ष सम्म पनि किन देश अरबियनको नोकर उत्पादन गर्ने कारखाना बन्यो ? लिङ्देन - Pahilo Online

कप्युनिष्ट र कांङ्ग्रेसले शासन गरेको ३२÷३३ वर्ष सम्म पनि किन देश अरबियनको नोकर उत्पादन गर्ने कारखाना बन्यो ? लिङ्देन

writer

विपुल सुवेदी

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले कप्युनिष्ट र काङ्ग्रेसले शासन गरेको ३२÷३३ वर्ष सम्म पनि किन देश अरबियनको नोकर उत्पादन गर्ने कारखाना बन्यो ? भन्ने प्रश्न गर्नुभएको छ । बिहिबार राष्ट्रिय प्रजातन्त्र पार्टी सुन्दरहरैँचा नगर कार्य समितिले वडा नं. ९ स्थित जेसिज भवनमा आयोजना गरेको नगर भेला तथा पार्टी प्रबेश कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

उहाँले आफू बरू धुलो माटो हुने तर देशलाई हानी हुने कुनै कुराको सम्झौता नगर्ने बताउनुभयो । हाम्रो देशका तिन ठूला दलका कारण नेपालको अर्थतन्त्र टाट पल्टिएको र जनताले यो दुर्दशा भोग्नु परेको बताउनुभयो । त्यस्तै उहाँले भ्रष्टाचार गरेर धन कमाउनु भनेको आफ्नी आमाको रगत पिउनु सरह रहेको बताउनु भएको छ ।

लिङ्देनले अर्को एक फरक प्रसङ्गमा हामीले उहि बाउ–बाजे देखी चलेको पार्टी भनेर सत्तामा टिकाई राख्यौँ र एक सच्चा तथा इमान्दार नेतृत्व चयन गर्न सकेनौँ भने मुलक विकासको पथमा पछाडि पर्ने साथै श्रृलंकाको हालतमा पुग्ने प्रष्ट पार्नुभयो । हाम्रो देशको भविष्य के छ ? कता गइरहेको छ ? कहाँ हामीले सोचे जस्तो देश छ अहिले ? अधिकांश ठाउँहरुमा मान्छे मरेको खण्डमा मलामी जान मान्छे पाउदैन, यो सब अहिलेका ठूला पार्टीका नेताहरुले गर्दा भएको हो ।

आज युवा किन अरबको कारखानामा काम गर्ने मेसिन मात्र बने ? उहाँले प्रश्न गर्नुभयो । आमाको काख, बुवाको काख छोडर केवल परिवार पाल्नको लागि विदेश जान कसले बाध्य बनायो ? बिहे गरेको भोलिपल्ट श्रीमतीलाई हात हल्लाएर विदेश जान कसले बाध्य बनायो ? तीन चार दशक सम्म एमाले, काङ्ग्रेसले शासन गरे तर यतिका वर्षमा किन देश पूर्ण रुपले अरवियनको नोकर उत्पादन गर्ने कारखानाको रुपमा परिणत भयो ? एक हजार युवाहरुले एकै ठाउँ काम गर्ने उद्योगधन्दा स्थापना किन भएनन् ? राजाका पालामा स्थापना भएका उद्योगहरु किन बन्द भए ? ५० लाख युवालाई खाडिमा जान कसले बाध्य बनायो ? भन्ने प्रश्न गर्नुभयो त्यस्तै तपाईका नेता र पाटीलाई कति चोटी बहुमत दियो भने देश बन्छ ? अब पनि यस्तै पार्टीलाई सत्ता सुम्पिए देशको हालत खराब हुने उहाँले बताउनुभयो ।

देश भित्र आफ्नो भविष्य नदेखेर १२ पास पछि पैसा हुने युरोप, कम आय भएका खाडि मुलुक र आर्थिक अवस्था निकै कमजोर भएकाहरु भारतका विभिन्न स्थानमा मजदुरी गर्न बाध्य कसले पारेको छ ? यो खोज्ने बेला आएको छ, उहाँले भन्नुभयो । कार्यक्रममा रा.प्र.पा का केन्द्रिय प्रवक्ता भक्ति सिटौला, महामन्त्री प्रह्लाद शाह, दमक नगरपालिकाका राप्रपाबाट निर्वाचित मेयर रामकुमार थापा पार्टीका नेता तथा पुर्वमन्त्री लगायतको सहभागिता रहेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी सुन्दरहरैँचा कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले तथा नेपाली कांग्रेस लगायतका पार्टी परित्याग गरि करिब ३ सय भन्दा बढीको संख्यामा रा.प्र.पा मा प्रवेश गरेको राप्रपा मोरङ ३ का क्षेत्रिय सहसचिव बम विश्वकर्माले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes