पथरीशनिश्चरेले वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई स्वरोजगार बनाउंदै - Pahilo Online

पथरीशनिश्चरेले वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई स्वरोजगार बनाउंदै

writer

भूमिप्रसाद पाठक

पथरीशनिश्चरे / पथरी शनिश्चरे नगरपालिकाले विपन्न वर्गका लागि स्वास्थ्य सेवा, शिक्षामा आधुनिक प्रविधिको प्रयोग तथा वैदेशिक रोजगार गरी फर्किएकाहरूलाई स्वरोजगार कार्यक्रममा प्राथमिकताका साथ जोड दिने भएको छ।

आज शनिबार नगरपालिकाको आव-०७९/०८० का लागि ११ औं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सम्वन्धि प्रतिवेदन सार्वजानिक गर्दै नगरप्रमुख मोहन तुम्वापोले उक्त कुरा बताउनुभएको हो। नगरप्रमुख तुम्वापोले आगामी आर्थिक वर्ष२०७९/०८० मा अति विपन्न परिवार पहिचान गरी त्यस्ता परिवारलाई अति विपन्न परिवारहरूको निशुल्क स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्नका लागि नगरपालिकाको तर्फबाट ४० लाख रुपैयाँ विनियोजन गरिएको बताउनुभयो। उहाँले नगरक्षेत्रमा रही संचालित विभिन्न विद्यालयहरुको भौतिक पूर्वाधारहरुको विकासका लागि प्राथमिकता दिएर अगाडि बढ्ने उल्लेख गर्नुभयो।

खानेपानीको समस्या झेलिरहेका र आधुनिक प्रविधियुक्त शिक्षा प्रदान गर्न सामुदायिक विद्यालयमा सहयोग प्रदान गर्ने बताउनुभयो । यसैगरी, उहाँले वैदेशिक रोजगारीबाट फर्किएका यूवाहरूलाई स्वदेशमै बसेर स्वरोजगार बनाउनका लागि प्राथमिकता दिएको जनाउनुभयो। नगरपालिकाको आफ्नै निजी भवन निश्चित जमीनको खोजी गरी निर्माणका लागि सबै जनप्रतिनिधिकाे चासो रहेको बताउँदै आगामी दिनमा सो विषयमा सर्वदलीय छलफल गरी टुंगो लगाउने बताउनुभयो। नगरका विभिन्न बजार र गाउँबाट उत्पन्न फोहोर मैलालाई उचित व्यवस्थापन गर्नका लागि छिमेकी विभिन्न अन्तर तहहरूसित समन्वय गर्ने उल्लेख गर्नुभयो । सोहि अवसरमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले आव -२०७९/०८० का लागि नीति, कार्यक्रम र बजेट प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

लक्षित वर्गको आर्थिक सशक्तिकरण कार्यक्रम संचालन गर्ने , लैंगिक हिंसाविरुद्ध निवारण कोषमा रकम थपेर परिचालन गरिने, कला साहित्य र संस्कृतिको जगेर्ना गर्न तथा मिडिया प्रवर्द्धनका लागि आवश्यकताअनुसार परिमार्जन गर्दै जाने बताउनुभएको छ। उहाँले वडा स्तरीय तथा नगरस्तरीय एकल महिला, महिला, बालबालिका, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, किशोरी शिक्षा प्रणाली सफ्टवेयरमार्फत तथ्यांक राखिने , शैक्षिक शत्र २०७९ बाट नयाँ पाठ्यक्रम लागू भएका कक्षा ४,७ र ९ का पाठ्यक्रमका प्रबोधिकरण सम्बन्धी अभिमुखीकरण गरिनेछ भने “छात्रासँग उपप्रमुख ‘कार्यक्रम संचालन गरिने छ ।

नगरका नयाँ स्थापना भएका सातवटा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुबाट पनि खोप सेवा सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।नगर अस्पतालमा सुत्केरी सेवा लिनेहरूका लागि समेत एम्बुलेन्स सेवा निःशुल्क गरिएको छ भने ८० वर्ष माथिका ज्येष्ठ नागरिकहरूको कालागि गर्दा घरमा गएर चेकजाँच गर्ने, ७० बर्षमाथिका ज्येष्ठलाई वर्षमा एकपटक प्रदेशभित्रका अस्पतालमा उपचारका लागि जाँदा एम्बुलेन्स सेवा निःशुल्क कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।

यसैगरी, विषयगत बजेट अन्तर्गत शिक्षामा २ करोड १० लाख (गत वर्षको अ. ल्या . समेत गरी) , स्वास्थ्यमा एक करोड ५५ लाख , महिला लक्षित कार्यक्रमका लागि १५ लाख , बालबालिका लक्षित कार्यक्रमका लागि ५ लाख, अपाङ्गता लक्षित कार्यक्रमका लागि ६ लाख , लक्षित वर्गको कूलपति २६ लाख, अपाङ्गता रोकथाम त्रिपक्षीय साझेदारी (प्रदेश सरकार, करूणा फाउण्डेशन र नगरपालिका ) मा ४९ लाख ६५ हजार ४५५ , कृषिका विकास कार्यक्रमका लागि ५५ लाख ७५ हजार , सहकारीका लागि १२ लाख, कलासाहित्यका लागि ८ लाख तथा मिडीया प्रवद्रधनका लागि ४ लाख रूपैयाँ विनियोजन गरिएको छ । सोहि क्रममा प्रमुख प्रशासकीय लक्ष्मीप्रसाद खरेलले आगामी वर्ष २०७९/०८० का लागि अनुमानित आय – व्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

आव २०७९/०८० को लागि १ अर्ब २७ करोड १५ लाख ४१ हजार ४४ रूपैयाँ बराबरको कूल वार्षिक अनुमानित आय प्रस्तुत गरिएको थियो। आन्तरिक राजश्व तर्फबाट आय: ३५ करोड ११ लाख ३५ हजार ३ सय , राजस्व बाँडफाँडबाट १५ करोड ८० लाख ७२ हजार ७४४ /- , अन्तर सहकारी वित्तिय हस्तान्तरणबाट ४९ करोड ४ लाख ७२ हजार, अन्तर्सरकारी अनुदानबाट ६४ लाख ३० हजार , अन्य स्रोतबाट ४८ लाख करोड ९८लाख ५ हजार र गैर सरकारी अनुदान बापत १६ लाख २७ हजार बराबरको अनुमानित आय प्राप्त हुनेछ।

त्यस्तै, आगामी आव -२०७९/०८० को प्रस्तावित व्यय अन्तर्गत चालु व्यय शिर्षकमा १७ करोड ३५ लाख ५६ हजार ४४ रूपैयाँ, पूँजीगत व्यय -११ करोड ९९ लाख ६ हजार, वडा सिलीङ -६ करोड ४५ लाख , अन्य अनुदान -६४ लाख ३० हजार, अन्य खर्च -४९ करोड ३० लाख ५७ हजार तथा गतको योजना अल्या- ८ करोड रूपैयाँ बराबरको वार्षिक व्यय हुने जनाइएको थियो।

उक्त अवसरमा पथरीशनिश्चरे नगरकी उपप्रमुख देविमाया काफ्ले तथा वडा नं ४,५,७,८ र १० वडाध्यक्षहरू क्रमशः लोक किरण न्यौपाने, चेतन खड्का, उद्धव बस्नेत , नवीन कार्की र जीवन खतिवडा , लेखा शाखाका प्रमुख तीन बहादुर ठकुरी, लेखा सदस्य मीना तामाङ, न्यायिक सदस्य कल्पना श्रेष्ठ, अञ्जना शिवा लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes