पीडित पक्षलाई थाहा नै नदिई दुर्घटनामा संम्लग्न स्कुटी प्रहरीले छाडें - Pahilo Online

पीडित पक्षलाई थाहा नै नदिई दुर्घटनामा संम्लग्न स्कुटी प्रहरीले छाडें

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरे–४ स्थित कोशेली चोकमा भएको मोटरसाइकल दुर्घटनामा संलग्न स्कुटर पीडित पक्षलाई थाहा नै नदिई पथरी प्रहरीले छाडेको पीडित पक्षले बताएका छन् । शक्त घाइते भएका पथरी अस्पतालमा उपचारथ ४० बर्षिय कमल आर्चायले आफुलाई थाहा नै नदिई घटनामा संम्लग्न स्कुटर प्रहरीले छोडेको बताए ।

स्कुटर चालकको लाइसेन्स नभएको कारण इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर राजेन्द्र पौडेलले स्कुटर छाडेको पीडित पक्ष बताउँछन् । घटनामा शक्त घाइते भएका ब्यक्ति उपचार भैरहेको वेला पीडितसँग छलफल नै नगरी स्कुटर छोड्नु भनेको प्रहरीले गैरजिम्मेवार काम गरेको आचार्यको भनाई छ ।

घटना सोमबार लगभाग दिउँसो १२ बजेको हो । को २१ प ५४४२ को स्कुटरमा सवार भारती याक्खा र उनका श्रीमान (नाम नखुलेको) अघि र को २८ प ७६६० नम्बरको पल्सरमा सवार कमल आर्चाय पछि दुवै उत्तरबाट दक्षिणतर्फ जार्दै गर्दा कोशेली चोक पुगेपछि पछि नहेरी स्कुटरले बाटो क्रसगर्दा दुर्घटना भएको थियो ।

नजिकै अघिपछि रहेको स्कुटर बाटो काट्दा पछि रहेको मोटरसाईकल सँग अगाडीको भाग छोएपछि मोटरसाईकल ठुलो दुर्घटनामा परेको शक्त घाइते भएका कमल आचार्य बताउँछ । आचार्यको दाहिने हात, दाहिने खुट्टा र देव्रे खुट्टामा गहिरो चोट लागेको छ भने को २८ प ७६६० नम्बरको मोटरसाईकल पनि अगाडीको भाग काम नै नलाग्ने गरी टुटफुट भएको छ ।

यस विषयमा इप्रका प्रहरी पथरीका डिएसपी वेद प्रसाद गौतमलाई बुझ्दा आफु आज जिल्ला मोरङ गएकोले घटना थाहा नभएको बताए । त्यसैगरी इस्पेक्टर राजेन्द्र पौडेलले स्कुटरको कुनै गल्ती नभएकोले छोडेको जवाफ फर्काएका थिए । स्कुटर चालकको लाइसेन्स थएन नि ? भन्ने प्रश्नमा इस्पेक्टर पौडेलले लाइसेन्स फर्म भरेको चिरकटो रहेको बताएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई
  • प्रकाशक–सम्पादकः मोहन भट्टराई

© Copyright 2017 - 2022 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes